ट्रेन्डीङ्ग

चापकोटमा बन्यो अक्सिजन सहितको आइसोलेसन

चापकोट बैशाख २४। कोरोना संक्रमितहरूको उपचारका लागि स्याङजाको चापाकोट नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको छ ।

चापाकोट नगरपालिका ८ क्वामीमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा तत्कालका लागि १० बेडको आइसोलेशन तयार पारिएको नगर प्रमुख शिवकुमार गिरीले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि जोखिम बढ्न सक्ने भन्दै नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निमार्ण गरेको उहाँले बताउनु भयो ।अहिले तत्काल १० बेडको निर्माण गरिए पनि बिरामीहरूको चाप अनुसार बढाउँदै लैजाने योजना रहेकोे नगरप्रमुख गिरीको भनाइ छ ।

जस्तो सुकै अवस्था आई परेपनि नगरवासीलाई सहज सेवा प्रवाह गर्नका लागि सामाग्रीहरु सहित स्वास्थ्यकमीको टोली तयारी अवस्थामा रहेको नगर स्वास्थ्य प्रमुख बिन्दु कोईरालाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?