नवलपरासी २४ वैशाख।देश यति वेला कोरोनासंग जुधि रहेको छ ।त्यसरीनै खोला नालाहरुले ठेकेदारहरुबाट भएको अप्राकृतिक एवं अवैध उत्खननको पिडा भोगीरहेका छन ।
सिङ्गो देश कोरोना माहामारीको सामना गरिरहेको संकटपूर्ण अवस्थामा भने पश्चिम नवलपरासीको सुनवल नगरपालीकामा अवस्थित बिभिन्न खोला नदिहरुमा अहिले ठुला उपकरण जेसिबी हेक्साभेटर प्रयोग गरि अबैध उत्खनन् गर्ने कार्य तिब्र गतिमा भइरहेको छ । हुन त यो खोलाको अवैध दोहन गर्ने कार्य यस वर्ष मात्र भइरहेको भने होईन प्रत्येक वर्ष यसरीनै ठेकेदारले सम्बन्धित निकायसंग सेटीङ्ग मिलाउछन र प्राकृतीक सम्पदाको अवैध अनि चरणरुपमा दोहन गर्दै आइरहेका छन ।
ठेकेदारको नाम धारण गरेका खोला दोहन माफियासंग प्रत्येक वर्ष झै अहिले पनि जुधि रहेको छ सुनवल नगरपालिका अन्तर्गत पर्ने भुमहि खोला र तुरीया खोला । ठकेदारहरुले सेटीङ्ग मिलाएर मेसीन उपकरणबाट अवैध उत्खनन गर्ने योजना नै वनाएर ठेक्का हाल्ने गरेको देखिन्छ ।
प्रत्येक वर्ष हुने खोला ठेक्का प्रकृयामा सुनवल नगरपालीकाका, जिल्ला समन्वय समिती स्थानीय राजनितिक दलका नेता , स्थानीय प्रहरी , स्थानीय प्रशासन, बन कार्यालयलगायतका निकायलाई आर्थिक प्रलोभनमा पारी खोलामा मेसीनको प्रयोग गरी अबैध उत्खनन गरिरहेका छन जहा नियमन निकायबाट जारी भएको कुनै पनि मापदण्ड पालना गरिएको पाइदैन ।
अहिलेको कोरोना संकटको अवस्थामा त झनै राम्रो अवसर जुटेको ठानेका छन यी रातारात लाखौ कमाउने सपना पालेका खोला ठकेदार समुह राज्यका नियायमक सवै अंगहरु कोरोना महामारी नियन्त्रणमा केन्द्रित भएको वाहानामा रात दिन एक्साभेटरबाट अवैध उत्खन्न तथा अवैध स्टक गर्नमा तल्लीन अनि सक्रिय देखिन्छन यो प्रकृतिक अवैध दोहन गिरोह ।
सुनवल नगरपालीका स्थित भुमहि खोलाको ठेक्का रायमाझी कन्सट्रक्सन, काठमाण्डौ, र तुरिया खोलाको ठेक्का, मल्टीटेक कन्ट्रक्सन एण्ड सप्लायर्स प्राली पेप्सीकोला काठमाडौले लिएको समग्र ठेक्का प्रकृयामा भने पुरानै गिरोह जसले विगतका वर्षहरुमा नियामक निकायहरुसंग उठवस र साँठगाँठ गरेका समुहलेनै अवैध उत्खनन्नको नेतृत्व गरिरहेको छ ।यसरी आखा मात्र चिम्लीदिए र भागवण्डाको रकम सजिलै आउने हुदा प्रहरी प्रशासन लगायतका अन्य नियामक निकाय पूर्णरुपमा मौन रहि कर्तव्य भन्दा पनि अवसरको फाइदा उठाउने पक्षमा भएको देखिन्छन ।
अवैध खोला दोहन हुदा प्रत्यक्ष असर र प्रभावको चपेटामा पर्ने स्थानीय समुदाय समेत मौन देखिनुले स्थानयवासीलाई समेत आर्थीक प्रलोभनमा पारेको आशंका देखिन्छ ।
अन्तत्वः स्थानीयवासी देखि नगरपालीका प्रहरी प्रशासन, वन कार्यालय, चुरे संरक्षण समिति, जिल्ला समन्वय समिति लगायतका नियामक अधिकार राख्ने सम्पूर्ण सम्यन्त्रहरुको अगाडीबाट ठेकेदारनामको माफियाचन्त्रले यो प्राकृति सम्पन्दा माथी खुलेआम गरिरहेको चिरहरण रोक्ने दायीत्व कस्को हो जवाफ दिने निकाय कुन हो यो प्रकृतिले हामी संग गरिरहेको आजको टट्कारो प्रश्न हो यो ।
यसै विच पेट पाल्नैका निम्ती खोलालाई आधार वनाएका केही स्थानीय व्यक्तिहरुले यसरी हातले गिटी वालुवा चालेर दैनीक गुजारा चलाउने वर्ग पनि खोलामा संघर्ष गर्दै गरेको भेटीन्छन । र यिनीहरु ले सोचिरहेका छन हामी नियम परिधि भित्र रहि एक टीपर खोलाजन्य सामाग्री जम्मा गर्न वटुल्न १ हप्ता लाग्छ तर राज्यको सिपाहीका खोल लगाएका मतियारहरुसंग साठगाठ गर्ने ठेकेदारहरु १ मिनेटमै अप्राकृतिक उत्खनन् गरि सवैलाई कमिसन पुरयाउदै रमाइरहेका छन आज ।
स्थानीयबासि भन्छन् पहुचवालाले राज्य प्राकृतिक श्रोतको दोहन गरिरहेका छन, सक्नेलाइ होईन, नसक्ने हामी जस्ता निर्धालाई हो कानुन, धिक्कार्दै छन विद्यमान यो दुराअवस्था लाई ।