ट्रेन्डीङ्ग

ठाडा स्वास्थ्य केन्द्रका लागी चिकित्सकको लागि पहल गर्छु: मन्त्री आचार्य

अनिल नेपाली बैशाख २३ अर्घाखाँची । नव नियुक्त लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री अर्घाखाँचीका प्रदेश सांसद चेतनारायण आर्चायले कारोना महामारी रोकथामका लागी डटेर लाग्न इलाका प्रहरी कार्यालय ठाडालाई निर्देशन दिनु भएको छ ।

मन्त्री नियुक्त भए पछि पहिला पटक गृह जिल्लामा आउनु भएका मन्त्री आर्चायलाई शितगंगामा इलाका प्रहरी कार्यालय ठाडाका इन्चार्ज सन्दिप बेल्बासे नेकपा एमालेका नगर सचिव ऋषि घिमिरे युवा संघका नगर सचिव हरि खनाल लगायतले स्वागत गर्नु भएको थियो ।

सक्षिप्त कुरा गदै मन्त्री आचार्यले शितगंगाकै प्रमुख अस्पताल प्राथमिक स्वास्थ केन्द्र ठाडा महामारीको समयमा डाक्टर बिहिन भएकोमा आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको छ ।

महामारीको समयमा प्राथमिक स्वास्थ चौकीमा २ जना डाक्टर अध्ययन बिदामा रहेकोले अहिले अस्पतालमा एचए समेत नभएकोले गम्भिर प्रकृतिको बिरामी आउदा समस्या रहने गरेको छ । मन्त्रि आर्चायले छिटै जनताको सेवामा डाक्टर ल्याउने गरि पहल गर्ने बताउनु भयो ।

यस्तै इलाका प्रहरी कार्यलय ठाडाका इन्चार्ज सन्दिप बेल्बासेले ठुलो भुगोेलका कारण दरबन्दी अनुसारको जनशक्ति नहुँदा काम गर्न समस्या हुने गरेको बताउनु भएको थियो यस्तै ठुलो क्षेत्र भएकोले यातायातको समेत समस्या रहेको मन्त्री आचार्य समक्ष गुनासो राख्नु भएको थियो । गुनासो सम्बोधन गर्दै आर्चायले सक्दो पहलका लागी आफु सदैब तत्पर रहेको बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?