ट्रेन्डीङ्ग

कोरोना संक्रमितको उपचारका लागि गल्याङ नगरप्रमुखको सवारीसाधन प्रयोग हुने

गल्याङ बैशाख २३ । गल्याङ नगरपालिकामा कोरोना संक्रमितहरुको उपचारमा आवश्यक परेमा नगरपालिका प्रमुख भुपराज अधिकारीले प्रयोग गर्नुभएको सवारीसाधन पनि प्रयोग गरिने भएको छ ।

नगरप्रमुख अधिकारीले प्रयोग गर्नुभएको सवारीसाधन कोरोना संक्रमितको लागि प्रयोग गरिने भएको हो । गल्याङ नगरपालिकामा कोरोना संक्रमितको दर तिब्र गतिमा बढिरहेको भन्दै आवश्यकता अनुसार आफ्नो सवारीसाधन जुनसुकै बेला प्रयोग गर्ने निणर्य गरेको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

गल्याङ नगरपालिकाले सञ्चालन गरिरहेको गल्याङ नगर अस्पतालमा रहेका एम्बुलेन्सहरुले सेवा दिइरहेकोमा एम्बुलेन्सले नपुगेमा आफ्नो सवारीसाधन पनि विरामीका लागि प्रयोग गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

नगरप्रमुख अधिकारीले कोरोना संक्रमणलाई नियन्त्रण गर्न नगरपालिकाले विभिन्न कदमहरु चालिरहेको भन्दै महामारीको बेला नगरपालिकाको अभियानमा सबैलाई साथ दिन आह्वान पनि गर्नुभएको छ ।

उहाँले अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने तथा स्वास्थ्य मापदण्डहरुको पालना गरी उच्च साबधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै, नगरप्रमुख अधिकारीले नगरपालिकामा खटिएका कर्मचारीहरुलाई पनि उच्च साबधानी सहित सेवा दिन आग्रह गर्नुभएको छ । स्वास्थ्य र अत्यावश्यक कामका लागि कार्यालय बन्द गर्न नहुने अवस्था रहेको भन्दै उहाँले सेवाग्राहीलाई सेवा दिने क्रममा उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

सबै सुरक्षित रहेर मात्र अन्य कामहरु गर्न सकिने भन्दै नगरप्रमुख अधिकारीले अहिले महामारीसँग जुध्नु नै प्रमुख काम भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?