ट्रेन्डीङ्ग

लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेको सरोकारवालाहरुको आरोप

बुटवल , २३ बैशाख । लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेर अल्पमतमा परेको एमालेका नेता शंकर पोखरेलाई मुख्यमन्त्रीमा नियुक्ती गरेकोे सरोकारवालाहरुले आरोप लगाएका छन । प्रदेश प्रमुखले अंसबैधानिक र अलोकतान्त्रीक कदम चालेर पोखरेललाई नियुक्ती र सपथ गराएको उनीहरुले बताएका छन ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय सभापति गोबिन्द खनालले प्रदेश प्रमुखले अंसबैधानिक र अलोकतान्त्रीक कदम चालेर अल्पमतमा परेका शंकर पोखेरलाई मुख्यमन्त्रीमा नियुक्ती र सपथ गराएर लुम्बिनी प्रदेशमा ताण्डब मच्चाएको आरोप लगाए ।

अल्पमतमा परेका मुख्यमन्त्रीले सत्ता टिकाउनको लागि जम्बो मन्त्रीपरिषद गठन गरेकोमा उनले आक्रोश पोखे । मुख्यमन्त्री पोखरेललाई जनतालाई कोरोबाट बचाउन भन्दा पनि सत्ता टिकाउन जोड दिएको आरोप लगाउँदै जम्बो मन्त्रीपरिषद गठन गरेर अनावश्यक खर्च बढाएको टिप्पणी गरे ।

कोरोना महामारीको हटस्पट बनेको लुम्बिनी प्रदेशमा जनताको जिवन रक्षाको लागि सत्तापक्ष र प्रतिपक्ष लाग्नु पर्नेमा सत्ताको खिचातानीमा लागेको खनालले बताए । प्रदेश सरकार गम्भिर बन्न नसक्दा जनताले अक्सिजनको अभाव खेप्नु परेकोमा गुनासो पोखे ।

प्रदेश प्रमुखको कार्यालयमा महिला सांसद माथि प्रदेश प्रहरी प्रमुख रविन्द्र धानुकले गरेको हातपातको विषयमा उच्च स्तरिय आयोग गठन गरेर तत्काल छानविन गर्नु पर्नेमा जोड दिए । महिला सांसद माथि हातपात हुनु गम्भिर विषय भएको उनले बताउँदै छानविन गरी दोषीलाई कारबाहीेको माग राखे ।
संविधानसभाकासदस्य तथा दलित पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिनोद पहाडीले प्रदेश प्रमुखको कार्यालयमा महिला सांसद माथि पुरुष प्रहरीले हातापात गरेको घटनाको छानविनको माग राखे । घटनाको छानविन र दोषि माथि काबारही हुनु पर्नेमा उनले जोड दिए । लुम्बिनी प्रदेशमा भएको असंबैधानिक र अलोकतान्त्रीक कदमको राजनीतिक दल, नागरिक समाजले खुलेर विरोध गर्न उनले आग्रह गरे ।

उच्च अदालत बार एसोसियसन बुटवलका अध्यक्ष जोग बहादुर खत्रीले प्रदेश प्रमुखले अल्पमतमा रहेका शंकर पोखरेलाई मुख्यमन्त्रीमा नियुक्ती र सपथ गराएर संविधानको धज्जी उडाएका छन । अल्पमतमा परेको पोखरेलाई मुख्यमन्त्रीमा नियुक्ती गर्नु असंबैधानिक र अलोकतान्त्रीक कदम भएको टिप्पणी गरे । प्रदेश प्रमुख र मुख्यमन्त्रीले संविधान ,संसदिय मूल्यमान्यता, विधि, कानून माथि धाबा बोेलेको आरोप लगाए ।

संसदमा अविश्वासको प्रस्ताव जिवित रहेको बेला मुख्यमन्त्रीले चोरबाटोबाट राजीनामा दिएर पुनः मुख्यमन्त्री बन्नु लज्जास्पद भएको टिप्पणी गरे । आफ्नै प्रदेश प्रमुखको कार्यालयमा सपथ खुवाउनु पर्नेमा मुख्यमन्त्री कार्यालयमा पुगेर मुख्यमन्त्रीलाई सपथ खुवाएर संस्था कै गरिमा गिराउने काम प्रदेश प्रमुखबाटै भएको खत्रीले बताए । अल्पमतमा रहेका मुख्यमन्त्रीलाई प्रतिपक्षले विशेष अधिवेशनको माग राखेर संसदबाट जवाफ खोज्नु नै अहिलेको उत्तम बिकल्प हुने उनले शुझाब दिए । साक्षात्कार कार्यक्रम क्लबका प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?