ट्रेन्डीङ्ग

संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको भन्दै सचेत हुन गल्याङ नगरप्रमुख अधिकारीको अपिल

गल्याङ बैशाख २२ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको भन्दै सचेत हुन नगरवासीलाई अपिल गर्नुभएको छ ।

कोरोना संक्रमणको दर तिब्र गतिमा बढिरहेको भन्दै नगरप्रमुख अधिकारीले यो महामारीबाट जोगिन आफै सचेत हुनु बाहेक अर्को उपाय नभएको बताउनुभयो ।

पत्रकारहरुसँगको कुराकानीमा उहाँले आफै सचेत भएर प्रशासनले तय गरेका मापदण्डहरुको पालना गर्ने र उच्च साबधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो – ‘नगरपालिका सबै जनताको सुरक्षाको लागि सचेत ढंगले काम गरिरहेको छ, संक्रिमत हुन नदिने र भईहाले पनि नआत्तिएर अगाडि बढ्न म नगरवासीलाई आग्रह गर्दछु ।’

नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निर्माण गरिरहेको भन्दै उहाँले संक्रमितको उपचार गर्न नगरपालिका प्रतिबद्व भएको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले कोरोनाको महामारीबाट बच्नु नै अहिलेको मुख्य काम भएकाले सबै नगरवासी सचेत हुन आग्रह गर्नुभयो ।

आकस्मिक कामका लागि कार्यालय खुला राखिएको भन्दै उहाँले कुनै पनि समस्या परेमा नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?