ट्रेन्डीङ्ग

रामनदी धाम घाटमा २५ जना भन्दा बढि मलामी जम्मा हुन नपाईने

गल्याङ बैशाख २२ । स्याङ्जाको रामनदी धाम राम्दीमा २५ जना भन्दा बढि मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जना भन्दा बढि मलामी जम्मा हुन नपाउने निणर्य गरेको हो ।

स्थानीय शिबहरी अमात्यले २५ जना भन्दा बढि मलामी राम्दीमा जम्मा हुन नपाउने सहितका निणर्य गरिएको बताउनुभयो ।

उहाँका अनुसार विहान ६ बजे देखि साँझ ६ बजेसम्म मात्रै शब जलाउन पाइने भएको छ । अन्य समयमा अन्तिम संस्कार गर्न पूणर् रुपमा निषेध गरिएको उहाँले बताउनुभयो । यस्तै, मलामीहरु खानपिनका लागि बजार बस्न नपाउने र बजार डुल्न नपाउने निणर्य भएको छ । कोरोना संक्रमीतको संख्या बढिरहेको भन्दै रोकथामका लागि यस्तो निणर्य गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?