ट्रेन्डीङ्ग

ताप्लेजुङमा ३२ जना कोरोना संक्रमित थपिए

ताप्लेजुङ,बैशाख २२। ताप्लेजुङमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वाब संकलन गरि ल्यावमा पठाईएका एक सय ८३ जना मध्ये ३२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पोजेटिभ रिपोर्ट आएका मध्ये १४ जना महिला र १८ जना पुरुष रहेका छन् ।

यस अघि संक्रमण पुष्टि भई आईसोलेसनमा रहेकाहरुको समेत स्वाब संकलन गरि पठाईएको थियो।संक्रमित मध्ये कति निको भए भन्ने विवरण आउन बाँकि नै छ ।

ताप्लेजुङमा संक्रमणकै कारण अहिलेसम्म ३ जनाले ज्यान गुमाएकाछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?