ट्रेन्डीङ्ग

कर्णाली नदिमा टिप्पर खस्दा २ जना वेपत्ता

दाङ। कर्णाली नदीमा टिप्पर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् । दाङको लमहीदेखि जुम्लातर्फ जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिप्पर मंगलबार राती १० बजे कर्णालीमा नदिमा खसेको हो।

मालबहाक टिप्पर सिमेन्ट लिएर जुम्ला जाँदै गर्दा दैलेखको आठबीस नगरपालिका ४ खोटेसल्लास्थित कर्णाली राजमार्गबाट झण्डै एक सय ५० मिटर तल कर्णाली नदिमा खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक अनुपम श्रेष्ठले टिप्पर चालक र सह-चालक बेपत्ता रहेको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?