ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)द्वारा लकडाउनले समस्यामा परेका विद्यार्थीहरूको उद्दार

वैशाख २२ महेन्द्रनगर ।

विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी)ले लकडाउनले समस्यामा परेका विद्यार्थीहरुको उद्दार गरेको छ ।

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य जप्रेलको विशेष पहलमा पहाडी जिल्लाहरुमा घर भई कञ्चनपुर महेन्द्रनगरमा डेरागरि बस्ने विद्यार्थीको उद्दार गर्नु भएको हो ।

क्रान्तिकारी कञ्चनपुरका विद्यार्थी नेता जप्रेलले महामारीका बेला लकडाउनका कारण घर जान नसकेका विद्यार्थीलाई सम्बन्धीत निकाय र सरोकार वालाहरुको सहकार्यमा ३० जना विधार्थीहरुलाई घर पठाउने कार्य गर्नु भएको छ ।

विधार्थी नेता प्रकाश जप्रेल

विधार्थी नेता प्रकाश जप्रेल


क्रान्तिकारी नेता जप्रेलका अनुसार व्यक्ति एउटा राजनीतिकर्ता भईसके पछि सके जतिको सहज र सहयोग गर्ने दायित्व रहेको बताएका छन ।

विगत देखि नै हाम्रो संगठन विद्यार्थीको हक हित कै लागि सदैव तत्पर छ र रहने प्रतिबद्धता समेत जनाएका छन् । अझै पनि समस्यामा परेका विद्यार्थीको उद्दार, राहत एव उपचारका लागि सरकारी निकायसंग हाम्रो संगठन सहकार्य गर्न तयार रहेको उनको भनाई छ ।

विद्यार्थीहरू लकडाउनका कारण समस्यामा रहेको र आफूहरु घर जान पाउँदा खुसी एबम् धन्यवाद व्यक्त गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal