ट्रेन्डीङ्ग

लमहीमा २५ शैयाकाे सुबिधाजन्य कोभिड अस्पताल संचालन

पवन पोखरेल बैशाख २१ दाङ । दाङकाे लमहीमा देउखुरी उपत्यका अन्तरगतका चार पालिकाहरुको संयुक्त पहलमा कोरोना संक्रमितहरु लाई राख्नको लागि लमहीको रातोडाँडामा अवस्थित नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको भवनलाई एचडियू सहितको अस्पताल सञ्चालनमा ल्याइएको हाे ।

पहिलो चरणमा १२ शैय्या तयारी अवस्थामा रहेको र छिटै शैय्या थपेर २५ पुर्‍याइनेकोरोना अस्पताल निर्माण गरेर उपचार थालिएको छ, अस्पतालका प्रमुख डा पुष्प भुसालले भने, ‘अक्सिजनसहितको अस्पताल तयार भएको हो। यसले कोरोनाका बिरामीको उपचारमा केही सजिलो हुने छ।’

अक्सिजन दिएर उपचार गर्नु पर्ने सङ्क्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गरिने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए। पहिलो चरणमा १२ शैय्या तयारी अवस्थामा रहेको र छिटै शैय्या थपेर २५ पुर्‍याइने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal