ट्रेन्डीङ्ग

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

नवलपरासी बैशाख २१ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फिर्ता लिएको हो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?