ट्रेन्डीङ्ग

बिहे हेर्न गएकि बालिकालाई पेट्रोल छर्केर मार्न खोज्नेलाई कार्वाही गर:अखिल (क्रान्तिकारी)

बाजुरा ।विप्लव निकट अखिल (क्रान्तिकारी)ले बाजुरामा भएको घटनाका दोषीलाई कार्वाहीको माग गरेको छ ।

हिजो (बैशाख २० गते)त्रीवेणी नपा-९ मलाल गाउंमा बिहे हेर्न गएकी बालिकालाई पेट्रोल झर्केर आगो लगाइमार्ने खोजिएको भन्दै आपत्ति जनाउदै घटनामा संलग्न दोषीलाई कार्वाही गर्न माग गरेको छ् ।

क्रान्तिकारीका अध्यक्ष राजीव शाहीले एक विज्ञप्ति जारी गर्दै गत वैशाख २० गते बाजुराको त्रिवेणि नगरपालिका ९ मलाल गाउँमा बिहे हेर्न आएकी बालिका सभ्यता बुढा माथी सुमन गिरि सहित ३ जनाको समुहले पेट्रोल छर्किएर आगो लगाई मार्न खोजिएको प्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन । साथै उनले अमानविय र पश्रीक घटना प्रति घोर निन्दा र भत्सर्ना व्यक्त गर्दै दोषीलाई कडा भन्दा कडा कानुनी कारवाही गर्न माग गरेका छन । अन्यथा संगठन कडा कदम चाल्दै संघर्षमा उत्रन बाध्य हुने समेत बताएका छन ।

अध्क्षय शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ” बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकाको वडा ०९ मलाल गाउँमा बिहे हर्न गएकी उक्त वडा कै पन्ताली गाउँकि १४ वर्षिय बालिका सभ्यता बुढा माथी मिति २०७८/०१/२० गतेका दिन साझ पेट्रोल छर्केर आगो लगाईएको छ । उक्त घटना उनी जलेर घाइते भएको हुँदा उनको शिघ्र स्वास्थ्य लाभ कामना गर्दछौं । यस्तो अमानवीय र पाश्विक घटना प्रति घोर निन्दा र भर्त्सना व्यक्त गर्दछौं ।

यस घटनामा संलग्न त्रिवेणी नगरपालिका ०८ कालापानी का समुन गिरी लगायत केही अन्य मानिसहरु रहेको भन्ने बुझिएको छ। हाल उनिहरु फरार रहेका छन । यस्तो क्रूर र जघन्य अपराधमा संलग्न अपराधीहरु छिटो भन्दा छिटो कानुनी कठघरामा उभ्याई कडा कडा सजायको भागिदार बनाउन सम्बन्धित निकाय सङ्ग जोडदार माग गर्दछौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?