ट्रेन्डीङ्ग

सहिदका सपना पुरा गर्न फेरि सहिद बन्न तयार छौ:आक्रोश

बैशाख २१ लमजुङ । विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी लमजुङले महान सहिद शिव तिवारी (बरुण)को स्मृति सभा सम्पन्न गरेको छ ।

नेकपा लमजुङले १०बर्षिय जनयुद्धको क्रममा पार्टीको संगठन बिस्तार गर्ने बेला शाही नेपालि सेना को घेरा मा परि बि.स. २०५९ साल बैशाख २१ गते आज कै दिन लमजुङ जिल्लाको तार्कुघाट मा सहादत प्राप्त गर्नु भएका सहिद शिव जि तिवारीको स्मृति सभा सम्पन्न गरेको हो ।

स्मृति सभामा बोल्दै नेकपा लमजुङ जिल्ला इन्चार्ज आक्रोश ले हिजो राजतन्त्रात्मक संसदीय ब्यबस्था का विरुद्ध लड्दै गर्दा उहाँले सहादत प्राप्त गर्नु भयो तर त्यही संसदीय व्यावस्था ले झन उग्र र बिकराल रुप लिन पुग्यो र यसका विरुद्ध भीषण जनयुद्धको नेतृत्व गरेका प्रचण्ड बाबुरामहरु नै तेसैमा सरण लिन पुगे र अहिले छिया छिया अवस्था रहेका छन । तर हाम्रो पार्टी फेरि पनि निरन्तर क्रान्ति र सहिद हरुले देखाएको बाटो र उहाहरुले देखेको नयाँ समाजको निर्माणका लागि एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापना को लागि संघर्ष गरिरहेको छौ ।

 


हामी दावाका साथ भन्न चाहन्छौ कि यदि सहिदका सपना माथी कसैले लात हान्न खोज्छ भने या सहिद को त्याग तपस्या र बलिदान लाई बेवास्ता गर्छ भने हामी फेरि पनि हतियार उठाउन पछि नहट्ने स्मरण गराउन चाहन्छु ।

स्मृति सभामा सहिद शिवाजी तिवारीका जेष्ठ छोरा गणेश बाबू तिवारी,जेष्ठ बुहारी सोभा तिवारी, माइला छोरा कुमार तिवारी नेकपाका लमजुङ जिल्ला इन्चार्ज जंग बहादुर भण्डारी “आक्रोश” सेक्रेटरी गौरव,अखिल (क्रान्तिकारी) लमजुङ जिल्ला अध्यक्ष राजन साउद,पार्टीका जिल्ला स्तरीय नेता टेक तारा बोहोरा , मोहन बोहोरा, खिम भण्डारी, लगायत स्थानीय शिक्षक, बुद्धिजीवी, समाजसेवीहरुको सहभागीता रहेको थियो ।

सहभागी सबैले सालिकमा खादा, फुलमाला, अविर लगाएर सम्मान गरेका थिए भने अखिल (क्रान्तिकारी) लमजुङ जिल्ला अध्यक्ष राजन साउद्ले उक्त स्मृति सभाको संचालक गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?