ट्रेन्डीङ्ग

नारीअधिकार र महामहिम राष्ट्रपति : सन्ध्या पुन मगर

नवलपरासी । महिला राष्ट्रपति भएकाे मेराे देशमा महिला माथि नै हरेक किसिमका शोषण र दमन हुँदै किन आएकाे छ हरेक नारीले स्वतन्त्र तरिकाले कहिले देखि बाच्न पाउँछन् राष्ट्रिपति ज्यु ?

जहाँ नेपालकाे सँबिधानकाे भाग ३ काे धारा ३८ मा उल्लेखित महिलाकाे हक सँबिधानमा लेखिएका यी मिठास शब्द कतै राष्ट्रपतिलाई मात्र कार्यन्वयन त भएन राष्ट्रपति ज्यु ! हरेक नागरिकाे लागि नेपालकाे संविधानकाे भाग तीनकाे धारा १६ मा उल्लेखित सम्मान पुर्वक बाँच्न पाउने अधिकार पनि कतै ठुला बढा महासयलाई मात्र सिमित त भएन राष्ट्रपति ज्यु ?

सँविधानमा यति मिठास शब्द लेखिएकाे छकि सुन्दा आनन्द आउछ हरेक महिलालाई सम्मान पुर्वक बाच्न पाउने आधिकार सँबिधानमा मात्र सिमित भयाे राष्ट्रपती ज्यु! जहाँ महिला- हरूलाई पुरूष सरह बाँच्न पाउने र सम्मान पुर्बक बाच्न पाउने अधिकार त यहाँ ती पिडित र शोषणमा र हेपाइमा रहेका नारीलाई हैन याे अधिकार राष्ट्रपतिलाई महारानि लाई मात्र सिमित भएनर कतै ?यहाँ दिन भरि काम गरेर साझ घरकाे चुलाेमा आगाे बाल्लकाे लागि उपस्थित हुने जाे काेहि नारिलाई हैन याे अधिकार त ठुलाे बढालाइ मात्र सिमित छ।

याे संविधानमा लेखिएका मिठास शब्दहरू।नेपालकाे संविधानमा लेखिएकाे मिठास शब्द त यहाँ ठुला लाई मात्र कानुन र न्यायलय छन । सर्वसाधारणकाे लागि कहिले आउछ कानुन र न्यायलय राष्ट्रपति ज्यु ? यहाँ मैले मात्र हजुरलाई गर्ने प्रश्न हैन यहाँ हजाराै नारिले हजुर माथि गर्ने प्रश्न यहि हाे महामहिम राष्ट्रपति ज्यु !

नेपालमा हरेक नारि माथि बलात्कार पछि हत्या भएकाे छ जहाँ उदाहरण कि पात्र निर्मला पन्त बहिनी छिन उनी एक उदाहरण मात्र हुन यस्ता निर्मला बहिनीहरू हजाराै छन बलात्कार पछि मृत्यु हुने जहाँ निर्मला पन्त बहिनीकाे हत्या भएकाे बर्षै बिति सक्दा पनि किन हत्यारालाई किन सुरक्षा दिएर लुकाइन्छ ?

दाेषिलाइ किन कानुन अनुसारकाे कार्बाहि हुने ठाउँमा सुरक्षा दिएर किन राखिन्छ महामहिम राष्ट्रपति ज्यु ? ती अबाेध बालिकाकाे के दाेष थियाे र ? काेपिलामै फुल्ल लागेका काेपिलाहरूकाे के दाेष थियाे र काेपिलामै चुडाउने ती अबाेध बालिकाकाे जहाँ फुल्ल न पाई काेपलामै किन चुडायाै राष्ट्रपति ज्यु ? हरेक छाेरिकाे आमालाई छाेरिकाे माया हुन्छ नि राष्ट्पती ज्यु यदि हजुरसँग अलि कति दयाँ मायाकाे भाबना भएकाे भए दाेषिलाइ कानुन अनुसारकाे कार्बाहि त गर्नु हुन्थ्याेनि किन सरकार ले दाेषिलाइ सुरक्षा दिएर राखिएकाे छ ?? किन हजाराै आवाजहरूले बारम्बार सिंहदरबार र बालुवाटारकाे ढाेका घच घचाउदा पनि किन याे सरकार अन्धाे र बैराे भएर बस्छ राष्ट्रपति ज्यु ? सधै राष्ट्रपति ज्युलाई गाडि फेर्न र गलैचा र भ्रमणमा ब्यस्थ हुनुहुन्छ भने प्रधानमन्त्री आफ्नाे स्वास्थ्य अबस्थामा ब्यस्थ हुनुहुन्छ ।

कहिले शितलनिवासकाे कुर्सी कसैले खाेसी दिलान भनेर बैठक गाेस्टिमा ब्यस्थ त कहिले शिलन्यासमा ब्यस्थ हुनुहुन्छ भने प्रधानमन्त्री पनि आफ्नाे कुर्सिकाे निम्ति बारम्बार बालुवाटारमा मिटिङ्ग र गाेस्टिमा गुन्डाहरूलाई मन्त्री बनाउनमा ब्यस्थ त कहिले त सिलन्यासमा र बिदेश भ्रमणमा ब्यस्थ कसले न्याय दिन्छ ती आमाहरूलाई न्याय न राज्यले दिन न सकेकाे न्याय कसले दिन्छ महामहिम राष्ट्रपति ज्यु ! सधै हरेक दिनकाे साझमा ती आमाको आखाँ भरि गहकिला आँसु परेर सधै ती कहिले नफर्किने गरि अस्ताएकि छाेरिकाे पर्खाइमा हरेक दिन बिताउछिन तर पनि ती छाेरिकाे सधै प्रखाइ मात्र हुन्छ आमाकाे छाेरि कहिले पनि न आउने गरि अस्थाइ सकेकि हुन्छिन । ती आमाहरू हरेक न्यायालयकाे ढाेका ढकढक्याउन गइसकेका छन । तर पनि न्यायलयले न्याय दिन मानि रहेकाे छैन । यहाँ कि बलात्कार पछि हत्या भएकाे बालिकाहरूकाे हत्यरालाई न्याय छैन र महामहिम राष्ट्रपति ज्यु !

मेराे हरेक दिन मेराे मनमा प्रश्न खडा हुन्छ के हामी नारिहरू कति दिन शोषण र दमनमा बस्ने न राज्यले हामिलाइ सुरक्षा दिन सक्छ न हामीलाई यी पापि निर्दयि पुरूषहरूकाे निम्ति लड्न सक्छाै ? सधै मलाइ यस्तै यस्तै प्रश्न गर्न मन लाग्छ राष्ट्रपति ज्यु ! हजुरले सितलनिवासमा बसेर नेपालमा रहेका हरेक नारिकाे अबस्था कसरी थाहा पाउनु हुन्छ जहाँ दमन र शोषण भएका नारिकाे अबस्था र बलात्कार पछि हत्यागरिएका हजाराै बालिकाहरूलाई न्याय दिनकाे लागि एक चाेटि घटना स्थलमा पुग्नाेस त अनि नेपालमा कति सुरक्षित रहेछन नारिहरू थाहा हुन्छ हजुरलाई ।

दिन भरि कामकाे थकानमा एक छाक खानकाे लागि काखमा सानाे बच्चा च्यापेर दिन भरि कामकाे थकान मार्नलाइ साँझकाे त्याे झिसमिसेमा ढाेकाकाे दैलाे उखार्दा ती नारिहरूलाई दमन र शोषण गर्दाेकाे पीडा हजुर लाई थाहाँ छ त ? यदि थाहाँ पाउनकाे लागि त हरेक भ्रमण बिदेशमा हैन राष्ट्रती ज्यु ! हरेक भ्रमण नेपालका ती ७७ जिल्लाका ती कुना कुनामा रहेका नारिहरू समक्ष गएर प्रश्न गर्नुहोस् त ।हजुरले गर्ने प्रश्नकाे जफाब दिन पनि नसक्ने नारिहरू पनि छन

यहाँ अधिकारबाट बन्चित हजाराै नारिहरू पनि छन यहाँ हरेक बलात्कार पछि हत्या गरिएका हरेक आमा सामु गए प्रश्न गर्नाेस त हरेक आमा हरूले हजुरलाई दिने जफाब त्यहि हुने छ मेराे छाेरिकाे बलात्कार पछि हत्या भएकाे हाे भनेर जफाब दिने छन हरेक नारिकाे दमन र शोषण थाहा पाउनलाई एक पटक शितलनिवास छाेडेर ७७ जिल्लामा जानाेस त महामहिम राष्ट्रपति ज्यु! अनि महिला माथि भएकाे दमन र शोषण थाहाँ पाउनु हुने छ राष्ट्रपति ज्यु !!

लेखक : अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पसका सक्रिय नेतृ हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal