ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीमा २१ गते राति १२ बजे देखि ३१ गतेसम्म निषेधाज्ञा जारी

बैशाख २० नवलपरासी ।पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि भोली (मंगलबार) २१ गते राती १२ बजेदेखि निषेधाज्ञा लागू गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बसप)ले एक सूचना जारी गर्दै बैशाख ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा घोषणा गरेको हो ।

जिल्ला प्रशासनले अत्यावश्यक काममा बाहेक हिंडडुल गर्न रोक लगाइएको छ । सुचनामा उल्लेख गरे अनुसार जिल्लाभित्र प्रयोग हुने सामग्रीहरु ढुवानी एम्बुलेन्स, शवबाहन लगायतका अत्यावश्य सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।

सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवाहरु बैँक तथा वित्तिय संस्थाहरु खुल्ला रहनेछन् । औषधी पसलहरु २४ घण्टा खुल्ला रहनेछन् ।स्वास्थ्य , शान्ति सुरक्षा , विद्युत , दूरसंचार , इन्टरनेट सेवा , खानेपानी , फोहोरमैला व्यवस्थापन , ग्यास तथा पेट्रोलियम पदार्थ , पानी आपूर्ति सम्बन्धी सेवा तथा कार्यहरु बैंक तथा वित्तीय संस्थाबाट अत्यावश्यक प्रयोजनमा सेवा प्रवाह गर्दा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधिनमा रही भौतिक दुरी कायम गर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने सुनिश्चितता गरी कार्यरत कर्मचारीको आधा कर्मचारीबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने ।

औद्योगिक प्रतिष्ठानहरु र विकास निर्माणहरुका हकमा हुन सक्ने सम्भावित संक्रमण नियन्त्रण तथा त्यहाँबाट हुन सक्ने संक्रमण विस्तारलाई रोकथाम गर्न उपयुक्त किसिमका सुरक्षा तथा स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी गराई संचालन गर्न सकिने ।

पत्रकारका लागि सुचना बिभागको कार्ड र सवारी साधन संचालन गर्न स्वास्थ्य , शान्ति सुरक्षा , विद्युत , दूरसंचार , इन्टरनेट सेवा , खानेपानी , फोहोरमैला व्यवस्थापन , ग्यास तथा पेट्रोलियम पदार्थ , पानी आपूर्ति सम्बन्धी सेवा तथा कार्यहरु । बैंक तथा वित्तीय संस्थाबाट अत्यावश्यक प्रयोजनमा सेवा प्रवाह गर्दा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधिनमा रही भौतिक दुरी कायम गर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने सुनिश्चितता गरी कार्यरत कर्मचारीको आधा कर्मचारीबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने ।

पूर्व पश्चिम राजमार्गबाट वारपार गर्ने बाहेक यस जिल्लामा अन्तिम स्टप विन्दु भई अन्य जिल्लाबाट आउन निषेध गर्ने खाद्यान्न फलफुल तरकारी पसल, प्रेट्रोल पम्प, ग्यास डिपो खुला रहनेछन् । होटल रेष्टुरेन्ट, पार्टी, प्यालेस सिनेमाहल, सैलुन, ब्युटिपार्लर जिमखान लगायत विबाह पार्टी, सेमिनार गोष्ठी भेला गर्न रोक लगाइएको छ । सार्वजनिक सवारी साधन, निजी सवारी साधन चलाउन पाइने छैन् ।

नेपाली नागरिकको आवतजावतका लागि नेपाल भारत बीचमा यस जिल्लामा रहेका कुनै पनि नाका नतोकिएको हुँदा यस जिल्ला अन्तर्गत पर्ने सीमानाकाहरुबाट नेपाल भारत बीच आवतजावतमा निषेधाज्ञा अवधिभर पूर्ण रोक लगाइने ।विज्ञप्ति :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal