ट्रेन्डीङ्ग

रास्वपाका आकक्षी उम्मेद्वारी किशोर गैह्रेलाई कारवाहीको सिफारिस

परासी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागी पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर एकबाट आकक्षी उम्मेद्वारी किशोर गैह्रेलाई क्षेत्रीय समितिले सदस्यको कारबाही सिफारिस गरेको छ । गैह्रेले पार्टी सदस्यता लिएपछि पनि नेपाली कांग्रेसको सक्रिय भूमिकामा संलग्न रहेको आरोपमा अनुसासनको सदस्य समेत नरहने गरि कारबाही सिफारिस गरेको हो ।

 

रास्वपाको क्षेत्रीय निर्वाचन कार्यालयले केन्द्रलाई पठाएको सिफारिस पत्रअनुसार सम्बन्धित व्यक्ति पार्टीको सक्रिय सदस्य र प्रतिनिधि सभा सदस्यका सम्भावित उम्मेदवारसमेत रहेका थिए। पत्रमा भनिएको छ गैह्रेले सदस्यता लिएपछि पनि उनले नेपाली कांग्रेसको सक्रिय गतिविधि सञ्चालन गरेको, स्थानीय तहमा कांग्रेसको सचिवालय चलाएको तथा सार्वजनिक रूपमा कांग्रेससँग सम्बन्धित क्रियाकलापमा संलग्न भएको प्रमाण फेला परेको दाबी गरिएको छ।

 

क्षेत्रीय निर्वाचन समितिका अनुसार उक्त विषयमा छानबिन गर्दा सार्वजनिक अभिलेख, तथ्य र प्रमाणले दोहोरो दलगत संलग्नता पुष्टि गरेको छ। पार्टी विधान र अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै समितिले सदस्यता खारेजी, उम्मेदवारी बदर तथा अन्य आवश्यक अनुशासनात्मक कारबाही अगाडि बढाउन सिफारिस गरेको हो।

 

समितिले समयमै निर्णय नलिए पार्टीको छवि, आम सदस्य र जनविश्वासमा गम्भीर क्षति पुग्ने चेतावनीसमेत दिएको छ। सोही कारण सम्बन्धित व्यक्तिमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउन केन्द्रिय अनुशासन समिति तथा पार्टी नेतृत्वलाई आग्रह गरिएको पत्रमा उल्लेख छ ।

किशोर गैरेले नवलपरासी  क्षेत्र नम्बर १ द्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?