ट्रेन्डीङ्ग

मन्त्री कुलमान घिसिङ र पुर्व मन्त्री खड्ग बस्नेत बीच भेटवार्ता

परासी। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र पुर्व मंत्री एव लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेत बीच भेटवार्ता भएको छ । नवलपरासीको विभिन्न आयोजनाको निरीक्षण आएका घिसिङले पूर्व मन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको निवासमा भेट गरेको बस्नेतका स्वकीय सचिव मनोज न्यौपानेले जानकारी दिए।

 

भेटका क्रममा मन्त्री घिसिङले देशको वर्तमान राजनीतिक तथा आर्थिक अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले देशको समृद्धि र स्थायित्वका लागि सहकार्य अपरिहार्य रहेको भन्दै सबै वैकल्पिक शक्तिलाई मिलेर अघि बढ्न प्रस्तावसमेत गरेका छन् ।

 

त्यसैगरी पूर्व मन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले मन्त्री घिसिङको पछिल्लो कार्यशैलीको प्रशंसा गर्दै अधुरा विकास निर्माणका काम समयमै सम्पन्न गर्न दिएको दबाब सकारात्मक रहेको बताए। उनले घिसिङको सक्रियताले जनअपेक्षा अनुसारको परिणाम देखिन थालेको उल्लेख गरे।

 

प्रदेश सभा सदस्य बस्नेतले देशको विकास र सुशासनका सवालमा सबै वैकल्पिक शक्तिहरू एकजुट भएर साझा एजेन्डासहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। वर्तमान चुनौतीपूर्ण अवस्थामा राजनीतिक सहकार्य र एकताले मात्र देशलाई सही दिशातर्फ लैजान सक्ने उनको भनाइ थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal