ट्रेन्डीङ्ग

विप्लव नेकपा सिन्धुपाल्चोक जिल्लाले संगठन बिस्तार कार्यमा तिव्रता

बैशाख १९ सिन्धुपाल्चोक । विप्लव निकट नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय सङठन विस्तार तथा निर्माण अभियान चलाएको छ ।

उक्तपार्टीले जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको भोटेकोसी गा.पामा संगठन विस्तारका साथै पार्टिका नाराहरुलाई भित्ते लेखन कार्य , संगठन सुदृढीकरण , विभिन्न जबस मोर्चा गठन समेत तीब्र रुपमा हुँदै आईराखेका छन विधार्थी नेता रविन्द्र चौलागाईंले जानकारी दिए।

कम्युनिस्टहरु भाग्यमा भन्दा पनि श्रममा विश्वास राख्ने भएकाले , विचार आस्थालाई आत्मसात गर्दै श्रममा जोड दिने गर्दछन । त्यसै गरि सिन्धुपाल्चोक जिल्लामा पनि अभियान संगै सिङ्गो पार्टी श्रमसग जोडिएर जनताको खेतबारिमा गएर सहयोग गरिराखेका चौलागाईंले बताए ।

उक्त पार्टीले हिजो मजदुर दिवसको अवसरमा एकल महिलाको लागि अस्थायी घर निर्माण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?