
कार्तिकः२७, काठमाण्डौ।
गायक विजय गौतमको शब्द रचनामा “विर्घा भन्ने गाँउ छ” बोलको गीत सार्वजनिक भएको छ। राजु परियारको लयमा विजय गौतम र मनमाया वाइवाको गीतमा आवाज छ। गीत निकै मिठो अनि राम्रो बनेको पाइएको छ। विर्घा मिर्मी आलमदेवी पाल्पा रानीमहलका दृश्य सहित नाम शब्दहरु गीतमा जोडिएका छन्।
एउटा कथा बोकेको कालीगण्डकीका मुख्य ठाँउलाइ लिइ गीत गाँउको मनमोहक दृश्य घास दाउरा जंगल जस्ताहरुमा लोभलाग्दो चित्र भिडियो खिचिएको छ। करन चैसिरले छायांकन गरेको भिडियोलाइ विजय गौतमले निर्देशन गरेका हुन्। मनमा सजिने भाका समेटि बनेको गीतले मुटुमै छोइदिएको दर्शक श्रोता बताउछन्।
गाँउ घरमा झल्किने थुप्रै शब्द भाका सहित गीतले रमाइलो पन दिएको आकलन गरिरहेका छन्। भिडियोमा नविन घर्ती मगरको सम्पाद/कलर रहेको छ। गीतको पुरा अडियो भिडियो आलमदेवी इन्टरटेन्मेन्ट बाट सर्वत्र बजारमा उपलब्ध भएको छ।
पुरा भिडियोः











