ट्रेन्डीङ्ग

युवा संगठन नेपाल स्याङ्जाको अध्यक्षमा मक्कन गुरुङ निर्वाचित

बैशाख १३ स्याङ्जा ।
विप्लव नेतृत्व नेकपाको युवा संगठन नेपाल स्याङ्जा जिल्लाको प्रथम भेला सम्पन्न । वालिङ् नगरपालिकाको बायखोला स्थित सहिद स्मृति भवनमा मक्कन गुरुङको अध्यक्ष अध्यक्षता १३ सदस्यीय जिल्ला कमिटी सदस्यीय निर्वाचित गरेको छ ।

नेकपाका गण्डक व्युरो प्रमुख रुपेसले भेलालाई सम्बोधन गर्दै नेपालमा सम्सदिय ब्यवस्था पुर्ण रुपमा असफल भएको भन्दै अब नेपालमा बैज्ञानिक समाजबाद तर्फ रुपान्तरण गर्नुपर्ने भएको र त्यसको निमित्त नेपालका सम्पुर्ण प्रगतिशील युवाहरु को महत्त्व भुमिका रहने हुँदा सम्पुर्ण युवाहरूलाई यस संगठनमा आबद्ध रहेर बैज्ञानिक समाजबादको बाटाे लामबद्ध भएर अगाडि बढन आग्रह गर्नु भएको थियो।


भेलामा नेकपा स्याङ्जा जिल्ला इन्चार्ज रुबेल,युवा संगठन गण्डक ब्युरो इन्चार्ज बिजय,सेक्रेटरी सागर ,सहिद परिवार सदस्य शारदा लगायतले भेलालाई सम्बोधन गर्नु भएको थियो।

मक्कन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुदिप भट्टराई साथै अखिल क्रान्तिकारीका संयोजक अमृतले संचालन गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal