ट्रेन्डीङ्ग

अखिल क्रान्तिकारी डडेल्धुराको १२ औं जिल्ला सम्मेलन सम्पन्न

बैशाख ८ डडेल्धुरा । विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी) डडेल्धुराको १२ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्मेलनले गणेश बोहोराको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ ।

कार्यक्रममा अखिल (क्रान्तीकारी) सेती महाकाली ब्युरो संयोजक तथा उक्त कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्र शाह ले उक्त कार्यक्रम लाई सम्बोधन गर्दै दलाल संसदीय व्यवस्थाले मुलुकको शैक्षिक समस्याको समाधान दिन नसक्ने भएकाले वैज्ञानिक समाजवाद आवश्यक भएको बताए ।

नेकपा डडेल्धुरा जिल्ला इन्चार्ज कमरेड दौलत विष्टले सरकारसँग ३ बुँदे सहमति भएपनि कार्यान्वयन गर्नमा सरकारले ढिलाइ गरेको उनले बताए । आफूहरुले संसदीय व्यवस्थालाई स्वीकार नगरेको र अहिलेको राजनितिक संकटको समाधान संसदीय निर्वाचन र सरकार फेरबदलबाट नहुने कुरा उल्लेख गर्दै यसका लागि पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्थाबारे जनमत संग्रह गरिनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि सेम ब्युरो संयोजक वीरेन्द्र शाह,विशिष्ट अतिथि नेकपा डडेल्धुरा इन्चार्ज दौलत विष्ट , अतिथिहरुमा पार्टी जिल्ला सचिव विजय राना , अखिल क्रान्तिकारी का केन्द्रिय सदस्य बबर जंग सिंह रहेको कार्यक्रमको अध्यक्षता मा अखिल क्रान्तिकारी डडेल्धुराका भेला आयोजक समिति संयोजक शंकर खातीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal