ट्रेन्डीङ्ग

खाडी र भञ्ज्याङ्:पवन

नेपाललाई सिंगापुर बनाइदिन्छु भनी रहदा
सिंगापुर गएको छोरो नेपाल ल्याएर देखाउ
बा बा गर्दै छोरा छोरि बार्दलिमा खेली रहेदा
रेमिटेन्सले देश धान्ने सपना नदेखाउ ।

मसिनो खानकै लागि श्रीमान बिदेश गइ रहदा
समृद्धिका भाषण टिभीमा नदेखाउ
बल्ल तल्ल एक घुड्की पानी खाएकि आमा
चौरासी हजार मेघावाट भन्दै घुर्की नदेखाउ।

छोराले किनेको बाइकमा चड्ने रहर हुदाहुँदै
छोरो आउने आश मै मरेका बालाई चिहानमा नचडाउ।
तीन साल देखि निधार खाली राखेकी दिदि
टिकाकै बेला भिडियो कल बिन्ती नदेखाउ।

भञ्ज्याङ् मुनिका सुर्का बाझो राखी रहदा
मरभुमी जोति रहेको फोटो बिन्ती नपठाउ
पाल्न नसेकेर माइलालाई दिएको लैनो भैंसी
अनकन्टार भिरमा भेडा चराएको फोटो बिन्ती नपठाउ।

वनभोज जाने चौर बनमाराले ढाकि रहदा
आहा कति सुन्दर ठाउँ भन्दै फोटो नपठाउ
कयौं घण्टा ठेला पर्दा सम्म काम गरि रहदा
बिन्ती चुराका लागि यता पैसा नपठाउ ।

आमाले यता छोराको न्यानो काख खोजि रहादा
बिन्ती नाइलन साडी अनि चोलो नपठाउ
छोराले सानो खेलाउन जाहाज खोजी रहदा
बिन्ती बालाई ठुलै जाहाजबाट बाकसमा नपठाउ।
-पवन ज्ञावलि बुटवल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal