ट्रेन्डीङ्ग

जिल्ला अदालत पश्चिम नवलपरासीका कम्प्युटर अपरेटर दुई लाख घुस सहित पक्राउ

पश्चिम नवलपरासीका एक कर्मचारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले जिल्ला अदालत पश्चिम नवलपरासीका सहायक कम्प्युटर अपरेटर रामलखन बनियाँलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

 

बनियाँले एक मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ मागेको र त्यो रकम लिँदै गर्दा उनलाई पाल्हीनन्दन गाउँपालिका-३,बेलासपुरबाट पक्राउ गरिएको अख्तियार बुटवल कार्यालय प्रमुख विनिता भट्टराईले बताइन। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal