ट्रेन्डीङ्ग

सुनवलमा इन्द्रेणी र फेयरमेडको साझेदारीमा ‘प्रेरणा’ परियोजना सञ्चालन

इन्द्रेणी संस्था र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा सुनवलमा ‘प्रेरणा’ परियोजना सञ्चालन हुने

सुनवल।सुनवल नगरपालिकामा ‘प्रेरणा’ नामक स्वास्थ्य परियोजना सञ्चालन हुने भएको छ। इन्द्रेणी संस्था र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा आगामी चार वर्षका लागि यो परियोजना सञ्चालनमा आउने भएको हो।

उष्ण प्रदेशीय रोगहरू जसमा डेंगु, कालाजार, फित्ते जुका, जुका, सर्पदंश, कुष्टरोग, हात्तीपाइले, लुतो, रेविज तथा माइसितोमा जस्ता रोग नियन्त्रण गर्ने लक्ष्यसहित यो परियोजना अघि बढाइएको हो।

परियोजनाका बारेमा जानकारी दिन बुधबार सुनवल नगरपालिकामा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको अध्यक्षता तथा नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।कार्यक्रममा इन्द्रेणीका कार्यकारी निर्देशक पुष्पराज आचार्यले ‘प्रेरणा’ परियोजनाको विस्तृत प्रस्तुति दिएका थिए।

फेयर मेडको सहकार्यमा सञ्चालन हुने यस परियोजनाले पालिकाभित्रका अति गरिब, कमजोर स्वास्थ्य अवस्था, सरसफाइको अभाव र अस्वस्थ वातावरण भएका समुदायहरूलाई लक्षित गरेर काम गर्नेछ।

यसअघि पनि इन्द्रेणीले जिल्लामा आधारभूत स्वास्थ्य सेवा परियोजना सञ्चालन गरेको थियो। ‘प्रेरणा’ परियोजना त्यसकै नयाँ स्वरूप भएको इन्द्रेणीका फिल्ड सुपरभाइजर बसन्त सापकोटाले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?