ट्रेन्डीङ्ग

 सुनवलमा आधारभूत तहको नतिजा सार्वजनिक , ८ जना ल्याए चार जिपिए

सुनवल।सुनवल नगरपालिकाको आधारभूत तह कक्षा ८ को नतिजा सार्वाजनिक गरेको छ।शिक्षा युवा तथा खेलकुद शाखाले सार्वजानिक गरेको नतिजामा नगरभित्र रहेका ३३ विद्यालयका ८ जनाले ४ जिपिए ल्याएका छन।baishka mahina

सार्वजानिक नतिजा अनुसार जगन्नाथ मावि ३ जनाले ४ जिपिए ल्याएका छन भने रमवापुर मावि, ध्यान्याचल मावि, रामनगर एकेडेमी, जनता आवी र सुनवल युनाइटेडबाट ११ जिपिए सहित नगरपालिका ८ जनाले ४ जिपिए ल्याएका हुन।

कक्षा ८ को परिक्षामा १ हजार ३ सय ७० परिक्षा फारम भरेका विद्यार्थी मध्य १ हजार ३ सय ४९ परिक्षामा सहभागी भएका थिए जसमा १ हजार २५ जना विद्यार्थी उत्तीर्ण भए भने ३ सय २४ जना विद्यार्थी ग्रेडबृद्दि गर्नुपर्ने भएका छन।

सार्वजानिक नतिजा अनुसार जनता आधारभुत विद्यालयले शतप्रतिशत विद्यार्थी उत्रिर्ण गर्दै नगर प्रथम भएको छ ।विद्यालयमा १५ जना विद्यार्थीमा १५ जना नै विद्यार्थी उत्तीर्ण भएका छ्न । ९६ जनामा ९५ जना विद्यार्थी उत्तीर्ण हुँदै  रामनगर एकेडेमी दोश्रो भएको छ । त्यसैगरी ५१ जना विद्यार्थीमा ५० जना विद्यार्थी उत्तीर्ण हुँदै ज्ञानज्योति एकेडेमी तेश्रो भएको छ।

त्यसैगरी नगर भित्र कम उत्तीर्ण गराउने विद्यालयमा अरनिको माविका ९ जना विद्यार्थी उत्तीर्ण हुँदा २७ जना ग्रेडबृद्दि गर्नमा परेका छन भने प्रगति माध्यामिक विद्यायलमा ५४ जना विद्यार्थी मा १९ जना उत्तीर्ण हुदाँ ६५ प्रतिशत विद्यार्थी ग्रेडबृद्दि गर्नुपर्ने रहेका सुनवल शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव विष्णु गोतामेले जानकारी दिए।

विषयगततर्फ गणितमा २ सय ४० जना, विज्ञान १ सय ४१ जना, स्वास्थ्य र शारीरिक तथा सिर्जनात्मक कला १ सय ७७ जना ग्रेडबृद्दि गर्नुपर्ने भएको छ।

चार विषयसम्म ग्रेडवृद्धि परीक्षा दिन इच्छुक विद्यार्थीहरूका लागि २०८२ साल बैशाख ६, ७, ८ र ९ गते मौका परीक्षा सञ्चालन गरिने सुनवल नगरपालिका शिक्षा शाखाले जनाएको छ।

नगरपालिकाले विद्यार्थीहरूको विषयगत कमजोरी सुधार गर्न विशेष कार्यक्रम ल्याउने पर्नेमा स्थानीय सरोकारवालाले बताए। शैक्षिक हवको उद्देश्य बनाएको सुनवलको आधारभूत तहको नतिजामा सन्तोषजनक नआएको स्थानीय शैक्षिक व्याक्तित्वले बताएका छन ।

सार्वजानिक नतिजा विवरण :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal