ट्रेन्डीङ्ग

अँधेरीखोला खानेपानी निर्वाचन : सत्ता गठबन्धनलाई धक्का, विपक्षी मोर्चाको सानदार जित

सुनवल।अँधेरी खोला खानेपानीको निर्वाचनमा सत्तागठबन्धनलाई पराजित गर्दै विपक्षी मोर्चाले सानदार जित हासिल गरेको छ।एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार बालकृष्ण भट्टराईको प्यानललाई पराजित गर्दै विपक्षी मोर्चाका राजकुमार श्रेष्ठको प्यानल विजयी भएको हो।

अध्यक्ष पदमा श्रेष्ठले भट्टराईलाई ३ सय २ मतको मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। विपक्षी मोर्चाका उम्मेदवार श्रेष्ठले ४ सय ५६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भट्टराईले १ सय ५४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी सचिव पदमा विपक्षी मोर्चाका केशवकान्त न्यौपानेले २ सय ९१ मत सहित विजयी हुँदा सत्ता सत्तागठबन्धनका तारा प्रसाद भुर्तेलले २ सय ८१ मत प्राप्त गरे त्यसैगरी कोषाध्यक्ष पदमा ६३ मतको मतान्तरले सत्ता गठबन्धनका उम्मेदवार सोमनाथ काफ्लेलाई पराजित गर्दै विपक्षी मोर्चाका उम्मेदवार जगतराम कंडेल बिजयी भए । कंडेलले ३ सय १२ मत प्राप्त गर्दा अर्का उम्मेद्वार काफ्लेले २ सय ४९ मत प्राप्त गरेका थिए ।

१ हजार १ सय ७ उपभोक्ता रहेको खानेपानीमा ६ सय ६६ मत खसेको थियो जस मध्ये १९ मत पुर्ण बदर भएको निर्वाचन संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

पश्चिम नवलपरासीको सुनवल-११ र १२ मा कार्यक्षेत्र रहेको अँधेरीखोला खानेपानी तथा सरसफाइ आयोजना समितिको निर्वाचनमा सत्तारूढ दल एमाले-काँग्रेस गठबन्धन र विपक्षी मोर्चाले छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए।निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका बाल कृष्ण भट्टराईको प्यानललाई नेकपा (एमाले ) र नेपाली काङ्ग्रेसको समर्थन थियो भने राज कुमार श्रेष्ठको प्यानललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),राप्रपा र माओवादी केन्द्रको समर्थन गरेका थिए।

खानेपानी निर्वाचनमा पार्टी नीति विपरीत बागी उम्मेद्वारी दिएका सचिव पदमा नेपाली काङ्ग्रेसका केशव कान्त न्यौपाने तथा अध्यक्ष राजकुमार श्रेष्ठ र कोषाध्यक्ष जगतराम कँडेललाई नेकपा एमालेले कारबाही सिफारिस गरेको छ। अध्यक्ष सचिव र कोषाध्यक्ष पदमा बागी उम्मेद्वार विजयी भए संगै सत्तारुढ दललाई ठुलो धक्का पुगेको छ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष पद बाहेक अन्य पदमा सर्वसम्मत निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ। जसमा उपाध्यक्षमा विष्णुप्रसाद लामिछाने, महिला उपाध्यक्षमा मेनुका अधिकारी क्षेत्री, सहसचिवमा दिपा पाण्डे चयन भएकी छन ।  सदस्यहरूमा क्रमश: पवित्रा बुढाथोकी, विष्णुदेवी बस्याल, रामलाल केवट, गयाप्रसाद चौधरी, चन्द्रप्रसाद पौडेल, अम्बरराज बस्याल र हिरा शर्मा काफ्ले चयन भएको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?