
बाँके।बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ मा आइतबार पश्चिम नवलपरासीको राइजिङ स्टार क्लब र भारतीय सहारा फुटबल क्लब आमनेसामने हुने भएका छन।
प्रतियोगिता फागुन १७ गतेदेखि २४ गतेसम्म कोहलपुरको तेह्र बिगाहा खेलमैदानमा सञ्चालन भइरहेको छ।प्रतियोगिता कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा तेस्रो संस्करणका रूपमा सञ्चालन भइरहेको हो।
प्रतियोगितामा दुई विदेशी टिमसहित आठ टोली सहभागी छन।सहभागी टोलीहरूमा राइजिङ स्टार फुटबल क्लब(पश्चिम नवलपरासी), घानाको फुटबल क्लब,भारतको सहारा फुटबल क्लब, प्लानिङ ब्वाईज युनाइटेड क्लब (काठमाडौं),लुम्बिनी फुटबल एकेडेमी (घोराही, दाङ),काक्रेबिहार फुटबल क्लब (सुर्खेत),राईनो फुटबल क्लब (गण्डकी प्रदेश) र आयोजक कोहलपुर रेसिङ साहारा क्लब (बाँके) रहेका छन।
प्रतियोगितामा प्रथम हुने टोलीलाई आठ लाख र दोस्रो हुने टोलीलाई चार लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
त्यसैगरी विधागत तर्फ म्यान अफ दि टुर्नामेन्टलाई ५१ हजार, बेस्ट कोच, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट फर्वाड र बेस्ट राइजिङ स्टारलाई जनही १०-१० हजार तथा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पाँच हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।