ट्रेन्डीङ्ग

गौरीगंगा फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टारलाई

कैलाली।राइजिङ स्टार क्लब भुमहीले जय पृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कैलालीको धनगढीस्थित गौरीगंगा-११ स्पोर्ट्स क्लबको मैदानमा सम्पन्न फाइनल खेलमा राइजिङले सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसनलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्दै उपाधि चुमेको हो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमार्फत टुंग्याइएको थियो।टाइब्रेकरमा राइजिङका अविनाश तामाङ, करण योगी, चेतन थारु, दीपकराज सिंह र रजित चौधरीले गोल गरेका थिए।सुदूरपश्चिमका हिमाल सिंह, विमल ओली र नरेन्द्र चौधरीले मात्र गोल गर्न सके भने कुम्भ देउवाले गोल गर्न सकेनन्।

उपाधिसँगै राइजिङले पाँच लाख रुपैयाँ पुरस्कार हात पारेको छ भने उपविजेता बनेको सुदूरपश्चिमले दुई लाख ५० हजारमा चित्त बुझायो।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका राइजिङका प्रतिक सुनारा ‘म्यान अफ द म्याच’ घोषित भए।उत्कृष्ट गोलकिपर राइजिङका प्रतिक सुनारा बने। प्रतियोगिताको उदीयमान खेलाडी सुदूरपश्चिमका अभिषेक बम भए। सर्वोउत्कृष्ट खेलाडी सुदूरपश्चिमकै नरेन्द्र चौधरीले हात पारे।

उत्कृष्ट प्रशिक्षकको उपाधि कर्णालीका सुन्दर पोखरेलले जिते भने उत्कृष्ट डिफेन्डर राइजिङका रञ्जित चौधरी भए। प्रतियोगितामा सुदूरपश्चिमका श्याम बियाडी उच्च गोलकर्ता घोषित भए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal