
सुनवल।नवलपरासी पश्चिमको सुनवल-६ विशासयमा १०८ पिपल धार्मिक पर्यटन क्षेत्र विकास तथा अक्षयकोश स्थापनार्थ गत मंसिर ३ गतेदेखि ११ गतेसम्म सम्पन्न श्रीमद्भागवत धान्यान्चल ज्ञान महायज्ञ २०८१ को आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ।
संस्थाका अध्यक्ष सीता तिमिल्सिनाको अध्यक्षतामा तथा पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ४२ लाख ९७ हजार रुपैयाँको आर्थिक विवरण प्रस्तुत गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि बस्नेतले धर्मलाई विज्ञान, संस्कार र विकाससँग जोड्नुपर्ने धारणा व्यक्त गरे। धार्मिक तथा सामाजिक कार्यमा हचुवाको भरमा निर्णय लिन नहुने बताउँदै उनले जनताबाट संकलित करलाई कानुनी प्रक्रियाअनुसार विकास निर्माणमा खर्च गर्नुपर्नेमा जोड दिए।
संस्थाका अध्यक्ष तिमिल्सिनाले अध्यक्षको प्रतिवेदन र आर्थिक संयोजक गङ्गा प्रसाद घिमिरेले महायज्ञबाट ४२ लाख ९७ हजार रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा नगर प्रमुख बिमला अर्याल,सुनवल सत्मार्ग बहुआयामिक समाजका उपाध्यक्ष मोहनबहादुर कार्की, सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल लगायतले धार्मिक पर्यटनको रुपमा बिकास गर्दा जाने बताए।
वडा नं ६ का वडा अध्यक्ष हिमलाल शर्मा चापागाईंको स्वागत मन्तव्य रहेको कार्यक्रम रुपा पाठक र ओम कान्त तिमिल्सिनाले संयुक्त रुपमा संचालन गरेका थिए।