ट्रेन्डीङ्ग

सुनवल एफसीलाई पराजित गर्दै बिगबुद्ध सेमिफाइनलमा प्रवेश

सुनवल ।बिग बुद्ध एफसीले रोमाञ्चक जित निकाल्दै प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।तेस्रो क्वाटरफाइनल खेलमा सुनवल एफसीलाई २-१ ले पराजित गर्दै बिग बुद्ध एफसी सेमिफाइनलमा प्रवेश गरेको हो।

सुनवल एफसीका तर्फबाट १ गोल टिकराज गुरुङले गरे भने बिग बुद्ध एफसीका तर्फबाट पूर्ण बहादुर गुरुङले दुई गोल गर्दै टोलीलाई जित दिलाए।आजको खेलमा बिग बुद्धका पूर्णबहादुर गुरुङ म्यान अफ द म्याच घोषित भए। यो जीत संगै सेमिफाईनलमा आयोजन जेनिथ निलो सगं प्रतिस्पर्धा हुनेछ।

भोलि हुने अन्तिम क्वाटरफाइनल खेलमा सिद्धार्थ एफ.सी र सुनवल वार्ड नं. ३ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
सेमिफाइनलको पहिलो खेल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?