सुनवल।नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न तथा डिजिटल बुकिङ प्रणालीलाई सजिलो बनाउन नेपालि सर्च इन्जिन प्रालिले नयाँ सेवा सुरु गरेको छ।यस सेवा अन्तर्गत प्रयोगकर्ताले होटल बुकिङ गर्दा कुनै पनि प्रकारको कमिशन तिर्नु पर्दैन।
नेपालि सर्च इन्जिन प्रा.लि.ले ‘नो कमिशन’ मोडेल लागू गरी होटल तथा पर्यटकलाई सिधा जोड्ने प्रयास थालेको छ। यस प्रणालीले होटलहरूले विदेशी बुकिङ प्लेटफर्महरूलाई तिर्ने उच्च कमिशनको समस्यालाई समाधान गर्न मद्धत गर्ने विश्वास गरिएको छ।
कम्पनीका अनुसार,“हामीले यो सेवा नेपालका होटल व्यवसायीहरूलाई आर्थिक रूपमा सहज बनाउने उद्देश्यले सुरु गरेका हौं। यो प्रणालीबाट ग्राहकले सस्तो दरमा होटल बुक गर्न पाउनेछन्, र होटलहरूले पनि बढी नाफा कमाउन सक्नेछन्।”
यो सेवा नेपालको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। होटल व्यवसायीहरूले यो प्रणालीमार्फत सिधा ग्राहकसँग सम्पर्क गर्न सक्नेछन्, जसले तेस्रो पक्षीय कमिशनको झन्झट हटाउनेछ।
बुकिङ कसरी गर्ने ?
नेपालि सर्च इन्जिनको आधिकारिक वेबसाइट (www.nepalisearchengine.com) एप्लिकेसनको माध्यमबाट ग्राहकहरूले आफूलाई मनपर्ने होटल छान्न सक्नेछन्। बुकिङ प्रक्रिया सहज, छिटो र भरपर्दो बनाइएको छ।
व्यवसायीहरूको प्रतिक्रिया
कम्पनीले यो सेवाका लागि देशभरका सयौं होटलहरूसँग साझेदारी गरिसकेको छ। धेरै होटल व्यवसायीहरूले यस कदमलाई सकारात्मक रूपमा लिएका छन्। काठमाडौंको एक प्रमुख होटलका व्यवस्थापकले भने, “यो पहलले नेपाली होटलहरूलाई अन्तर्राष्ट्रिय बुकिङ प्लेटफर्महरूबाट स्वतन्त्र बनाउनेछ। हामीलाई कमिशनबिना पनि सिधा ग्राहकसँग जोड्न पाउँदा खुशी लागेको छ।”
यो नयाँ सेवा नेपालका पर्यटक र होटल व्यवसायीका लागि एक महत्वपूर्ण फड्को मानिन्छ। नेपालि सर्च इन्जिन प्रा.लि.ले भविष्यमा यस्तै अन्य सुविधाहरू थप गर्दै जाने योजना बनाएको छ।
सम्पर्क:नेपालि सर्च इन्जिन प्रा.लि. www.nepalisearchengine.com
फोन:+977-533731
+977-9857085390
9857085380