परासी।पछिल्लो समय पश्चिम नवलपरासीमा विद्युत ट्रान्सर्फमर चोरीका घटना बढ्न थालेको छ ।डिपबोरिङ सन्चालनको लागि राखिएको ट्रान्सफर्मर पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको विभिन्न स्थानबाट चोरी हुन थालेको हो।
सरावल गाउँपालिका वडा नम्बर २ अहिराैलीमा सिचाइ डिपबोरिङ सन्चालनको लागि राखियको ट्रान्समिटर हिज चाेरी भएको छ।त्यस्तै गत बर्ष पनि सरावल गाउँपालिका विभिन्न वडाबाट दुईवटा ट्रान्सफर्मर चोरी भएको थियो ।
गए राति सरावल गाउँपालिका वडा नम्बर २ अहिराैलीमा सिंचाइ प्रयोजनको लागि जडान गरेको विद्युत ट्रान्सफर्मर चोरी भएको छ। त्यस्तै सरावल गाउँपालिका वडा नम्बर ३ गाेइनी र वडा नम्बर ४ गोबरहियामा गत बर्ष सिंचाइ प्रयोजनको लागि जडान गरेको विद्युत ट्रान्सफर्मर चोरी भएको थियो ।
अहिराैलीमा २५ एम्पिएरको ट्रान्सफर्मर चोरी भएको स्थानीय रुदल हरिजनले बताए।विद्युत ट्रान्सफर्मर चोरिए पछि भूमिगत सिचाइ आयोजनाबाट चल्ने डिप ट्युबवेल बन्द भएको छ।
गहु खेतीको समयमा डिप ट्युबवेलबाट हुने सिंचाइ बन्द हुंदा अहिराैलीको दर्जनों किसान समस्यामा परेका छन ।स्थानीय रुदल हरिजनले भने किसानको समस्यालाई ध्यानमा राखी आयोजनाले अबिलम्ब अर्को ट्रान्सफर्मर राखेर सिचाइ सेवा संचालन गर्नु पर्छ,सिचाईका लागि किसानलाई निकै समस्या भएको छ”।
चोरहरुले ट्रान्सर्फमर भित्र रहेको तामाको क्वाएल निकालेर तार बिक्री गर्ने गरेको स्थानीय बासिन्दाले अनुमान ब्यक्त गरेका छन।गत बर्ष पनि बर्दघाटमा ट्रान्सर्फमर चोरी भएको थियो ।