ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)रुपन्देहीद्वारा सम्मेलनको तयारि,बुटवलका मुख्य चोकमा भित्तेलेखन

बुटवल । विप्लव नेतृत्व नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रूपन्देहीले भित्तेलेखन कार्यलाई तीव्रता दिएको छ ।

क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तथा रूपन्देही जिल्लाको २४ औं जिल्ला सम्मेलनको तयारी स्वरूप विभिन्न सार्वजनिक स्थल र सहरका मुख्य चोकका भित्ताहरूमा विभिन्न नाराहरू लेखेको पवन ज्ञावालिले बताए ।

संगठनको सम्मेलन र जिल्ला सम्मेलनको तयारिमा जुट्न पनि संगठनका विद्यार्थी नेता ज्ञवालीले आह्वान गरेका छ्न ।


संगठनकि कार्यवाहक जिल्ला अध्यक्ष इन्दु वलीको नेतृत्वमा २२औ राष्ट्रिय सम्मेलन , २४औं रुपन्देही जिल्ला सम्मेलन र भित्ते लेखन गरिएको ज्ञावालिले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?