ट्रेन्डीङ्ग

पाल्हिनन्दन:हत्यामा संलग्न आरोपित तीन जना पक्राउ

परासी।पश्चिम नवलपरासी प्रहरीले पाल्हीनन्दन गाउँपालिका-५ का रोशन भन्ने सुर्यकुमार बढईको हत्यामा संलग्न आरोपित तीन जनालाई पक्राउ गरेको छ।मृतक सुर्यकुमारको हत्या गत साउन १४ गते राति घाँटी काटेर हत्या गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रमेश बोहराका अनुसार पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका-६ का ३० वर्षीय जोगिन्दर बढई, सुरज राजभर र १७ वर्षीय (नाम परिवर्तन) एक किशोर रहेका छन।

सुर्यकुमार आफ्ना भाईसँग घरको खाटमा सुतिरहेका जोगिन्दरले घातक हतियार प्रयोग गरी उनको हत्या गरेको आरोप लगाइएको छ।

प्रहरीका अनुसार मृतक सुर्यकुमारले जोगिन्दर बढईकी श्रीमतीलाई मोटरसाइकलमा आफन्तको घरमा पुर्याएपछि जोगिन्दर र सुर्य कुमार बीचको विवाद उत्पन्न भएको रिसको परिणाम हो।घटनामा अन्य दुई व्यक्ति सुरज राजभर र किशोरको पनि सहभागिता रहेको अनुसन्धानले देखाएको छ।

पक्राउ परेकाहरूलाई अदालतबाट म्याद थप गरि थप सोधपुछ र कानुनी प्रक्रिया अघि बढाइएको डिएसपी बोहराले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal