ट्रेन्डीङ्ग

वालिङमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धि अन्तरक्रिया

तोलाकान्त बगाले

वालिङ, १८ चैत ।
पोषण तथा खाद्य सुरक्षाका दृष्टिकोणले वालिङको अवस्थाकाबारेमा आज छलफल एवं अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

वालिङ नगरपालिकाको आयोजना तथा यूएसएआईडी, सुआहारा, दियालो संस्थाको सहकार्यमा नगरपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको अन्तक्र्रिया एवं छलफल गरिएको हो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले आगामी दिनमा योजनाहरु बनाउँदा परम्परागत तबरले नभई समयको र नगरबासीको मागका आधारमा बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले परम्परागत तबरले चलेका योजना तथा कार्यक्रमहरुलाई समय सापेक्ष बनाउँदै नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने तबरले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

नगरपालिकाको खाद्य तथा पोषणको अवस्थालाई सुदृढ गराउनका लागि लक्षित समूह केन्द्रीत कार्यक्रमहरु ल्याईने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले बजेटलाई सही ठाउँमा सदुपयोग गर्दै जानेमा जोड दिंदै नगरको विकासका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले हाम्रो कार्यशैलीलाई चुस्तता र उपलब्धीमूलक हुने गरी कार्यक्रमहरको संयोजक गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डे, वालिङ नगरपालिका कृषि शाखा प्रमुख सुभासचन्द्र अर्याल, सुआहारा स्याङ्जाका कार्यक्रम संयोजक याम जिसी, सुआहाराका ओमसुबा गुरुङ, अर्जुन सुबेदी लगायतले आ-आफ्नो शाखाबाट भएका कार्यप्रगति प्रतिवदेनकाबारेमा जानकारी गराउनुभएको थियो ।

नगर प्रमुख दिलीपप्रताप खाँणको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कमलप्रसाद पाण्डेले र स्वागत प्रमुश प्रशासकीय अधिकृत राजन भट्टराईले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?