ट्रेन्डीङ्ग

काङ्ग्रेसद्वारा सहकारी छानबिन संसदीय समितीलाई सुझाब बुझायो

परासी।नेपाली काङ्ग्रेसको सहकारी बिभागले सहकारी सस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितीलाई लिखित सुझाब बुझाएको छ।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एव सहकारी बिभागका प्रमुख देबेन्द्रराज कंडेलले पाटीकातर्फबाट संसदीय छानविन समितिका संयोजक सुर्य थापालाई सुझाब पेस गरेको हो।

काङ्ग्रेसको सहकारी बिभागले सात ओटै प्रदेशमा पुगेर संकलन गरेको सुझाब र समस्या समाधानका लागि आवश्यक सुझाब बुझाइएको सहकारी बिभाग प्रमुख कंडेलले बताए ।

सहकारीका बचतकर्ता अधिकास गरिब,बिपन्न परिवारका मानिसहरुले बचत गरेको रकम भएकाले दोषीलाई सत्य तथ्य कारर्बाही गर्न सरकार गम्भीर हुनुपर्ने माग गरिएको छ।साथै संसदीय समितीलाई आवश्यक सहयोग गर्न नेपाली काङ्ग्रेस तयार रहेको सुझाब बुझाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal