ट्रेन्डीङ्ग

यू-१९ क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट आयोजना गर्दै नेपाल

सुनवल।नेपालले आइसिसी यू–१९ क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट २०२५ को आयोजना गर्ने भएको छ।

आगामी एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन।

छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal