
बर्दघाट।लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री भुमिश्वर ढकालले एमालेको एकल बहुमतको सरकार आवस्थकता रहेको बताएका छन।
नेकपा एमाले बर्दघाट नगर कमिटिले आयोजना गरेको घर फर्क अभियानलाई सम्बोधन गर्दै मन्त्री ढकालले अल्पमतको सरकार र मिलिजुली सरकारमा रहेर काम गर्दा जनताले चाहे अनुसारका कामहरु गर्न सहता नभएका कारण बिकास निर्माणमा समस्या भएको उनले बताए ।
मन्त्री ढकालले एमालेले एकल बहुमतको सरकार बनाएर जनताका अति आवश्यकता कामहरु पुरा गर्नुपर्ने दायित्व एमालेको काँधमा आएको बताए।पार्टीको निति,सिद्धान्त र विचार जनमुखि रहेकाले एमाले सरकारले गरेका राम्रा काम पार्टी गरेका राम्रा कामहरुलाई जनतासम्म लगेर मिसन ८४ मा संघ,प्रदेस र स्थानीत सरकार नेकपा एमालेको एकल बहुमतको सरकार बनाउनमा कुनै पनि पार्टीले अवरोध नगर्ने गरी अघि बढ्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिए।
मन्त्री ढकालले मन्त्री ढकालले एमालेलाई दरिलो र मजबुत बनाउने पुराना पार्टीका नेता कार्यकर्ताहरु केहि समय पार्टीवाहिर भए पनि अब पार्टीसंगै जोडीएर जिम्मेवारी लिएर पार्टीलाई थप मज्बुत बनाएर लैजान आग्रह गरेका थिए ।
नेकपा एमाले बर्दघाट नगर कमिटिका अध्यक्ष केशवबहादुर खत्री क्षेत्रीको अध्यक्षतामा भएको घरफर्क अभियान कार्यक्रममा विभिन्न पार्टीबाट ३५ जना नेता कार्यकर्ता एमालेमा फर्केको नगर सचिव सोभाकान्त कोइरालाले जानकारी दिए ।
पार्टीको घरफर्क अभियान कार्यक्रममा नेकपा एकीकृत समाजवादीका रुक्मागत ज्ञवाली,कुलप्रसाद शर्मा,लोकेन्द्र बहादुर पाण्डे,आनन्द पुरी,विष्णु बहादुर थापा,दिपक श्रेष्ठ,हरि सुवेदी,पुकार जंग राणा,लक्ष्मी पाण्डे, शारदा पौडेल, रमा ज्ञवाली, सारदा घिमिरे,आकाश पाण्डे ,नेकपा माओवादीका खेम गैरे र रास्वपाका काशीराम न्यौपाने सहित ३५ जना एमालेमा समाहित भएको सचिव कोइरालाले बताए।