ट्रेन्डीङ्ग

रचनात्मक र गुणस्तरीय समाचार उत्पादनमा ध्यान दिन पत्रकारलाई अध्यक्ष बस्नेतको आग्रह

काठमाडौँ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले रचनात्मक र गुणस्तरीय समाचार उत्पादनमा जोड दिनुपर्ने बताए।प्रेस काउन्सिल नेपालले सुरु गरेको सञ्चार माध्यमसँग काउन्सिल अभियान अन्तर्गत राष्ट्रिय समितिका पत्रकार सँगको छलफलमा अध्यक्ष बस्नेतले गुणस्तरीय समाचारले पत्रकारिताको गरिमा उच्च बनाउनुका साथै समाजमा फैलिएको भ्रमपूर्ण सूचना र अफवाहको समस्या हल गर्न मद्दत पुर्‍याउने उल्लेख गर्नुभयो।

नेपालको एकमात्र सरकार समाचार एजेन्सी राससका धेरै जसो समाचार सञ्चार माध्यमले खरिद नगरिकन चोर्ने प्रवृत्ति निरुत्साहित गर्न सम्बन्धित सञ्चार माध्यमले पनि अनुगमन संयन्त्र बनाउन सक्ने उनँको सुझाव थियो ।

प्रेस काउन्सिलले नियमित सञ्चार माध्यमको अनुगमन, आचारसंहिताको पालना तथा कपि पेस्टको समस्या निरुत्साहनका लागि काम गरिरहेको जानकारी दिँदै उनँले पछिल्लो युट्युब लगायतका सामाजिक सञ्जालको व्यवस्थापनमा समेत काम भइरहेको उल्लेख गर्नुभयो।छलफलमा राससका अध्यक्ष धर्मेन्द्र झाले समाचारको विषयवस्तु जनमुखी र उत्प्रेरक बनाउने सन्दर्भमा समेत काउन्सिलले विशेष कार्यक्रम गर्नुपर्ने उल्लेख गरे।

राससका समाचारलाई गुणस्तरीय बनाउन शैलीपुस्तिकाको प्रयोग तथा स्वअनुगमन र स्वनियमन गर्ने गरिएको उहाँको भनाइ थिए।काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गर्नुभएको छलफल कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, प्रधान सम्पादक उत्तम सिलवाल, प्रमुख समाचारदाता एकराज पाठक लगायतले समाचार लेखन र सम्प्रेषणका विभिन्न समस्याबारे जानकारी गराए ।

यसैबिच काउन्सिलका अध्यक्ष बस्नेतले राष्ट्रिय समाचार समितिमा जारी ‘गणतन्त्रका उपलब्धीः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी समेत अवलोकन गर्नुभएको छ।उनले मुलुक विकास र आर्थिक समृद्धिको बाटोमा कसरी अगाडि बढ्दैछ भन्ने कुरा समाचार र तस्बिरका माध्यमबाट आमजनतालाई सुसूचित गर्न सकिने विषय भएको उल्लेख गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?