ट्रेन्डीङ्ग

गठबन्धन भत्तकाउन झालझेल गरे ८४ को चुनावी देखादिन्छौ: ओलि

परासी।बर्तमान गठवन्धनको सरकालाई निरन्तरता दिने नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले बताए ।नेकपा
एमाले पश्चिम नवलपरारसीको ९औं जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस माओवादीको गठवन्धन भत्ताकाउनै पर्ने भएता आफै भत्तिकिएको बताए।

बर्तमान गठवन्धनलाई निरन्तरता दिने भन्दै अध्यक्ष ओलीले यदी प्रतिक्रियावादी शक्तिले गठबन्धन भत्तकाउन जालझेल गरे ८४ को निर्वाचनमा स्पष्ट वहुमत ल्याएर देशलाई निकास दिने अध्यक्ष ओलीको भनाई छ।

जिल्लामा कुनै पनि गुठ उप गुठ नभनि इमान्दारीताका साथ जिल्ला अधिवेशन गर्न सुझाव दिदै ओलीले माथिल्लो तहमा पुगेका नेताले जिल्लाको कुनै पदमा हस्तक्षेप नर्गन समेत निर्देशन दिएका थिए ।

नेकपा एमाले जिल्ला कमिटि पश्चिम नवलपरासीको आज खुल्ला सत्र रहेको छ भने भोलि वन्दशस्त्रमा नेतृत्ववारे छलफलहुने बताएको छ।

दुई दिनसम्म चल्ने अधिवेशनमा जिल्लाका ४ हजार ६ सय ४९ जना सदस्य रहेको ७ वटा पालिकाका ७४ वटा वडा कमिटीहरु,पार्टीका जनसंगठनहरु सबैको प्रतिनिधित्व हुने गरि ४ सय २६ जना प्रतिनिधिहरु रहेको एमाले पश्चिम नवलपरासीले जनाएको छ।

अधिवेशनबाट अध्यक्ष १,उपाध्यक्ष १, सचिव १, उपसचिव २ पदाधिकारी र १०० सदस्यसहित १०५ सदस्यीय जिल्ला कमिटी गठन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?