ट्रेन्डीङ्ग

फुट-टेक फुटसलको दोस्रो संस्करण जेठ ५ देखि

काठमाडौ।फुट-टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ।

सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको सहभागिता रहने यो प्रतियोगितााका खेलहरु पेप्सीकोलास्थित रोयल नेपाल फुटसल हुनेछ।

आयोजक लेट्स प्ले स्पोर्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ आठ टिमको सहभागिता रहने जानकारी गरायो।

प्रतियोगिताका खेलहरु जेठ ५ गतेदेखि प्रत्येक शनिबार संचालन हुनेछन।जसअन्तर्गत पहिलो र दोस्रो शनिबार समूह चरणका तथा तेस्रो र चौथो शनिबार नकआउट चरणका खेलहरु संचालन हुनेछन।

प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ जित्नेछ भने महिलातर्फको च्याम्पियनले ३० र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन।

प्रतियोगिता सँगै फुटसलका प्रतिभाहरुको प्रस्तुती सहितको फ्रिस्टाईल स्कील च्यालेञ्ज पनि आयोजना हुनेछ।जसमा फुटसलमा विषेश कला भएकाले प्रस्तुती गर्ने र उत्कृष्ट कला प्रस्तुत गर्नेलाई पुस्कार वितरण गरिनेछ।

प्रतियोगितामा धेरैभन्दा धेरैको सहभागिता गराउनका लागि हामीले यो पटक सहभागी कम्पनीहरुमा ट्रफी टुरको आयोजना गरिने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?