
सरावल।पश्चिम नवलपरासीको सरावलमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन।
सरावल-४ बडराबाट गाउँपालिका कार्यलयतर्फ आउदै गरेको लु ६ प १०३६ नम्बरको मोटरसाइकललाई पछाडिबाट आएको युपि ५६ एन ८३६१ नम्बर अर्को मोटरसाइकलले ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहराका अनुसार दुर्घटनामा परि मोटरसाइकलमा सवार सरावल-४ गोबरहियाका नन्दलाल बिक र उनकि श्रीमती राधिका बिकलाई अनुहारमा गम्भीर चोट लागेत घाइते भएको बताए।घाइते बिक दम्पतीको लुम्बिनी सिटी अस्पतालमा उपचार भैरहेको।
ठक्कर दिने भारतिय नम्बरको मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवारलाई प्रहरीले नियन्त्रण लिएको जनाएको छ।