
सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी मुख्यमन्त्री अन्तर प्रदेश पुरुष कवड्डी प्रतियोगिताको उपाधी लुम्बिनी प्रदेशले जितेको छ।फाइनल खेलमा सुदुरपश्चिमलाई २८ अंकका विरुद्ध ६३ अंकले पराजित गर्दै लुम्बिनी प्रदेशले उपाधी जितेको हो।
प्रतियोगिताको विजेता लुम्बिनी प्रदेशले नगद १ लाख ५० हजार र उपविजेता सुदुरपश्चिम प्रदेशले १ लाख शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।फाइनल खेलमा लुम्बिनीका घनस्याम रोका म्याम अफ द म्याच बनेका थिए।
विद्यागततर्फ बेस्ट डेफ्रेन्डर सुदुरपश्चिमका सुशील तुलारा र उत्कृष्ट राइडर लुम्बिनी प्रदेशका घनस्याम रोका मगर बनेका छ्न।सर्वाकृष्ट खेलाडी लुम्बिनीका घनस्याम रोकाले प्राप्त गरेका छन।
त्यसगरी सेमिफाइनल पुगेका मधेस र वागमती प्रदेशले समान ५०-५० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
जिल्ला खेलकुद बिकास समिति र कवड्डी सघं नवलपरासीद्वारा आयोजित मुख्यमन्त्री अन्तर प्रदेश पुरुष कवड्डी प्रतियोगिताको समापन कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद खडग बस्नेतले पुरस्कार वितरण गरेका थिए।