ट्रेन्डीङ्ग

सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा आन्दोलनको घोषणा

कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयमा शुल्क घटाउनु पर्ने माग सहित आन्दोलनरत संयुक्त विद्यार्थी संगठनद्धारा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।

एक साता देखि आन्दोलित संयुक्त विद्यार्थी संगठनहरुले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन जस अन्तर्गत चैत्र १० गते शुल्क वृद्धिका विरुद्ध अपिल पत्र लगायत प्रचार–प्रसार गर्ने, ११ गते प्लेकार्ड सहित बिहान १० बजे धर्ना कार्यक्रम र १२ गते केन्द्रीय क्याम्पसको गेटमा उपकुलपति र रजिस्टारको पुत्ला दहन सम्मका विरोध राखिएको विज्ञप्तिमा उल्लेख छ ।
सुदुरपश्चिम विश्वविधालयलाइ ५ विधार्थी संगठनको चेतावनी,वृद्धि शैक्षिक शुल्क खारेज गर
अनेरास्ववियुका अध्यक्ष रोहित गजुरेल, नेविसंघका विक्रम बुढा, अखिल (क्रान्तिकारी) का अध्यक्ष गणेश राज मिश्र, अखिल (क्रान्तिकारी) अध्यक्ष नागेन्द्र जोशी, अखिल (क्रान्तिकारी) संयोजक अर्जुन बिक, अखिल छैटौँ अध्यक्ष विक्रम कार्की, समाजवादी विद्यार्थी सङ्गठन नेपालका अध्यक्ष संकर बोहराले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दे शुल्क फिर्ता लिइनुपर्ने माग गरिएको छ ।

विश्वविद्यालयले यस वर्ष देखि लागुहुने गरी सबै तहमा दोब्बरले भर्ना शुल्क वृद्धि गरेको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले आन्दोलनका कार्यक्रम तय गरेका हुन् ।विज्ञप्ति :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?