ट्रेन्डीङ्ग

लाखौका काठ कुहिने अवस्थामा

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट स्थीत पुर्व-पश्चिम राजमार्ग किनारामा रहेको बर्दघाट सरावल सबडिभिजन(बन)कार्यालय परिसरमा घाटगद्धि(थुपारिएका)गरिएका झन्डै ७० लाख बराबरको काठ दाउरा कुहिन थालेको छ।

समयमै लिलामि नहुदा बर्दघाट सर्दि १ सय ३२ केभि प्रशारण लाईन विस्तारको क्रममा काटिएका काठ कुहिन थालेको हो।७ हजार ७ सय ५२ क्युफिट काठ र २६ चट्टा दाउरा दुई वर्ष देखि बर्दघाट सरावल सव डिभिजन कार्यालय परिसरमा घाटगद्धि गरिएपनि अझै लिलामि भएको छैन् । सव डिभिजन कार्यालयका निमित्त वन अधिकृत चिन बहादुर यादवले काठ कटानको क्रममा पनि एकिन विवरण नभएको र पछि घाटगद्धि गर्ने क्रममा पनि प्राविधिकहरुले ढिलाई गर्दा समस्या भएको बताए।

घाटगद्धिमा ठेकेदारले दिएको विवरण अनुसार रुजु गर्नुपर्ने भएकाले पनि लिलामीको काममा ढिलाई भएको यादवको भनाई छ।

‘ठेकेदारले केहि काठ ल्याएर घाटगद्धि गर्यो,अन्तिममा ३ सय रुख काट्न बाँकि छ भनिएपनि ति रुख नकाटिएका कारण पनि एकिन नापजाँचमा ढिलाई भएको हो,यादवले भने।’काठ दाउरा लिलामीको अधिकार भने डिभिजन वन कार्यालय परासीलाई मात्रै छ।डिभिजन वन कार्यालय परासीले लिलामीको स्वीकृतिका लागी वन निर्देशनालय बुटवलमा पत्राचार गरिसकेको जनाएको छ।ठेकेदारले समयमै सहि विवरण सहित हस्तान्तरण नगर्दा लिलामि प्रक्रियामा ढिलाई भएको डिभिजन वन कार्यालय परासीका वन अधिकृत मेघनाथ काफ्लेले बताए ।

साल,खयर लगायत जातका काठ समयमै लिलामी नहुदा कुहिन थालेपछि विक्रि मुल्य पनि घट्दै गएको छ ।जिल्लामा अन्यत्र पनि लाखौका काठ कुहिने अवस्थामा रहदा सम्बन्धित निकायले खासै पहल गरेको भने देखिदैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal