ट्रेन्डीङ्ग

सुनवलमा अवैध उत्खननमा प्रयोग भएका ट्र्याक्टर नियन्त्रणमा

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा नदीजन्य पदार्थको अवैध उत्खननमा प्रयोग भएका ५ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।उत्खननमा सम्लग्न व्यक्ति प्रहरीलाई देखेपछि फरार भएको र ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार नियन्त्रणमा लिइएका ट्र्याक्टरलाई सुनवल नगरपालिकामा जिम्मा लगाएको र सम्बन्धित धनिलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

यसैगरी प्रहरीले सुनवल नगरपालिका १ बाट भन्सार छली गरेको ३ लाख २७ हजार रुपैयाँको अवैध सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय सुनवलको टोलीले भन्सार छली गरेर ल्याएको साडी, सुट, कुर्ता लगायतका कपडा बरामद गरेको हो । बरामद गरेको सामान कारबाहीका लागि महेषपुर भन्सार पठाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?