ट्रेन्डीङ्ग

सुनवलमा राष्ट्रिय कवड्डि प्रतियोगिता हुने

सुनवल।मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कवड्डी प्रतियोगिता चैत १९ गतेदेखि पश्चिम नवलपरासीको सुनवलमा हुने भएको छ।

लुम्बिनी खेलकुद परिषद मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा जिल्ला खेलकुद समिति नवलपरासी र कबब्डी संघ नवलपरासी सहआयोजनामा आगामी चैत १९ देखि २१ सम्म पश्चिम नवलपरासीको सुनवलमा मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता हुने भएको हो।

नेपाल मै पहिलो पटक सुरु हुन लागेको राष्ट्रिय कवड्डी प्रतियोगितामा सातै प्रदेशका ९८ जना खेलाडी जसमा ७ जना प्रशिक्षक र २४ जना अफिसियल सहित १२९ जना सहभागी हुने पत्रकार सम्मेलमार्फत जिल्ला खेलकुद समिति नवलपरासीका अध्यक्ष रितमान कामु मगरले बताए।

प्रतियोगिता लिग चरणमा हुनेछ।प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले नगद १ लाख र सेमिफाइनल पुग्ने दुई टोलीले  नगद ५० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने  आयोजकले जनाएको छ।

अप्रील २२ गतेदेखी हुने बंगलादेशमा हुने बंगबन्धु कपको तयारी स्वरुपका खेलाडी छनौट लागि राष्ट्रिय कब्ब्डी प्रतियोगिता आयोजना गरीएको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal