
सुनवल।पश्चिम नवलपरासीको सुनवलमा संचालित सातौं मेयर कप फुटबल प्रतियोगिताको उपाधीको वडा नम्बर १० ले जितेको छ।
शनिबार मच्छेरमारा खेलमैदानमा फाइनल खेलमा वडा नम्बर ७ लाई पेनाल्टी सुटआउटमा २ का विरुद्ध ३ गोल गर्दै वडा नम्बर १० ले उपाधी जितेको हो।
निर्धारित समयमा कुनैपनि टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुट आउटमा पुगेको थियो।
उपाधी विजेता टिमले १ लाख ५१ हजार रुपैँया तथा उपविजेता टिमले ८५ हजार रुपैँया सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेका छन।
त्यस्तैगरि सेमिफाइनलमा पुग्ने वडा नम्बर ४ र ६ ले २५/२५ हजार प्राप्त गरेका छन ।
त्यसैगरी विधागततर्फ उत्कृष्ट फर्वाड,मिड फिल्डर, गोल किपर,डिफेन्डर र सर्वोत्कृष्ट गोलकर्ताले समेत पुरस्कारको प्राप्त गरेका छन।