ट्रेन्डीङ्ग

लियो क्लब अफ काठमाडौं बुढिगण्डकिद्वारा चैत्र १० गते खेलकुद कार्यक्रम सहित रंगोत्सव गर्दै

काठमाडौं।लियो क्लब अफ काठमाडौं बुढिगण्डकिले लियो खेल रंगोत्सव आयोजन गर्ने छ। विभिन्न खेलकुद कार्यक्रम सहित चैत्र १० गते शनिवार लियो खेल रंगोत्सव आयोजन गर्ने भएको हो।

कार्यक्रममा फुट्सल,वास्केटबल, ब्याड्मिन्टन, टेबलटेनिस र चेस लगायतको प्रतियोगीता हुने लियो क्लब अफ काठमाडौं बुढिगण्डकि कार्यक्रमका सह संयोजक लियो आयुष रेग्मी बताए । लियो क्लब अफ काठमाडौं बुढिगण्डकिको अहिलेसम्मकै उत्कृष्ट र नमुना कार्यक्रम रहने बताउदै लियो जिल्ला परिषद ३२५ जे नेपाल अन्तर्गत काठमाडौंभित्र रहेका लियो क्लबहरु बीच प्रतिष्पर्धा हुने रेग्मीले जानकारी दिए ।

लियो क्लब अफ काठमाडौं बुढिगण्डकिले समय-समयमा खाले थुप्रै अन्य कार्यक्रमहरु आयोजना गर्दै आएको छ। लियो क्लब अफ काठमाडौं बुढिगण्डकिको अहिलेसम्म कै उदाहरणीय र लियोलाइ जमघट गराउने एउटा मुख्य थलो बन्ने  क्लबका अध्यक्ष लियो आवास रेग्मीले बताए।

लियो खेल रंगोत्सव भनेको खेल र प्रतियोगिता मात्र नभइ लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपाल भित्रका सबै लियोहरू बीचको बन्धनलाई एकजुट गर्ने र बलियो बनाउने एउटा राम्रो अवसर भएको कार्यक्रमका संयोजक अभिषेक थापाले बताए।

कार्यक्रमलाई सफल  बनाउन लायन्स क्लब अफ काठमाडौं बुढिगण्डकिको पूर्ण सहयोग रहने आयोजकले जनाएको छ।

कार्यक्रमकको टाइटल स्पोन्सर पाई एकेडेमी रहेको छ भने,निम्बु पानि,माया वारियास न्यु टेलर लोगो,द वाडेरल्याण्ड डेन्टल, जुम्प काठमाडौं,आइ एम द ग्रेन्दर,बेलो,अपोलो मेडिकल,युरोपियन बेकरी र मिरिर माजा पार्टनरहरु पनि रहेका छन। त्यसै गरी सफल पोस्ट मिडिया पार्टनर रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal